© २०२३
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खांनले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं. ८ स्थित श्री विधाज्योति नमुना माध्यामिक विद्यालयमा आयोजना गरिएको भेटघाट कार्यक्रममा विद्यालय र विद्यार्थीहरूको समस्याका बारेमा छलफल गरेका छन् । खानले उक्त कार्यक्रममा बोल्दै विद्यालयको विकासका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विद्यालयका लागि आगामी केही महिनाभित्र अनुदानमा बस उपलब्ध गराउने घोषणा समेत गरेका छन् दुर्गम ठाउँमा भएको विद्यालयका विद्यार्थीहरूलाई आवागमनमा सहजता प्रदान गर्नेछ।
साथै, उनले व्यक्तिगत तर्फबाट क्रिकेट खेलाडीहरूलाई क्रिकेट सामग्री हस्तान्तरण गर्नुका साथै विद्यालयमा खानेपानी फिल्टरको जडानका लागि पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसका लागि आवश्यक परेमा गैरसरकारी संस्था (NGO) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) हरूसँग सहकार्य गर्ने वा नेपाल सरकारसँग समन्वय गर्ने कुरा पनि बताएका छन्।