© २०२३
काठमाडौ । बंगलादेशको हाजी मोहम्मद दानेश विज्ञान र प्राविधिक विश्वविद्यालय (HSTU) को सभाहल तीन दिनसम्म युवा आवाज र नवप्रवर्तनका सपना बोकेर गुञ्जायमान रहेको अन्तर्राष्ट्रिय कृषि तथा सम्बन्धित विज्ञानका विद्यार्थीहरूको सङ्घ (IAAS Asia Pacific Region) को आयोजनामा “एसिया प्यासिफिक निर्देशकहरूको सम्मेलन २०२५” जुन २७ देखि २९ सम्म भव्य रूपमा सम्पन्न भएको छ।
“परम्परा र नवप्रवर्तनको समन्वय : कृषि-व्यवसाय क्रान्तिका लागि युवालाई सशक्तीकरण” भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले आठ देशका प्रतिनिधि र बंगलादेशका १६ विश्वविद्यालयका विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर कृषि शिक्षामा अन्तरराष्ट्रिय सहकार्यको नयाँ ढोका खोलेको जनाएको छ।
नेपालका लागि गर्वको क्षण रहेको IAAS Nepal का National Director आर्जु श्रेष्ठRegional Exchange Coordinator र Membership Officer सुशील दाहाल Regional Communication Coordinator ले बताए ।
IAAS Nepal तर्फबाट दिवस कथेत, जिविका थापा, र अभिषेक पाण्डे सम्मिलित प्रतिनिधिमण्डलको सक्रियता सम्मेलनमा उल्लेखनीय रहेको थियो ।
कार्यशाला, प्यानल छलफल, र सांस्कृतिक आदानप्रदानका साथै सम्मेलनले ज्ञान, सीप र संस्कृतिको पुल बनेर भविष्यका साझेदारीहरूलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।
विश्वव्यापी कृषि शिक्षा, अनुसन्धान र नवप्रवर्तनको साझा मञ्च बनेको यस सम्मेलनले सीमापार सहकार्यलाई बलियो बनाउँदै युवा पेशेवरहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा नयाँ ऊर्जा भ भर्नुका साथै कृषिमा सम्भावनाको क्षितिज फराकिलो बनाउने ऐतिहासिक उपलब्धि बनेको कार्यक्रमका सहभागीहरूको भनाइ छ।