मोक्तानद्वारा स्वदेशवादकाे अवधारणा सार्वजनिक शोकको घडीमा तिमिल्सेना दम्पतीको प्रवासबाट मानवीय साथ एमब्यान स्पोर्ट्स मिट २०२६ को ड्र सम्पन्न, मर्चेन्ट बैंकिङ क्षेत्रमा खेलकुदमार्फत व्यावसायिक सहकार्य सुदृढ हुने अपेक्ष ओलीको ‘नेतृत्व नछाड्ने’ अडानपछि योगेशको कटाक्ष: ‘डन्डी समातेर बस बचाए’ भन्ने भ्रम त छैन? प्रधानमन्त्री शाहको अभिव्यक्तिले जन्माएको कूटनीतिक बहस वैयक्तिक स्वतन्त्रता र प्रतिष्ठाको चिरहरण बजेटको महत्त्वाकाङ्क्षी लक्ष्य बहस जारी प्रधानमन्त्री शाहको स्टाटस भाइरल भीषण वर्षाले देशभर बितण्डा: काठमाडौँ जलमग्न, बीपी र मध्यपहाडी राजमार्ग बन्द हुँदा हजारौँ यात्रु सडकमै अलपत्र कांग्रेस स्वर्ग र नर्कको गोलचक्करमा देश संकटमा बंगलादेशमा एसिया प्यासिफिक सम्मेलन सम्पन्न कृषिमा सम्भावनाको क्षितिज फराकिलो बनाउने विस्वास पारदर्शिता र प्रतिबद्धताका लागि काँग्रेसलाई पौडेलको चेतावनी: गलत कार्यमा नफस्न सुझाव समुदायमै स्वास्थ्य सेवा पदको प्यासमा रहेका प्रति प्रचण्डको चिन्ता गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री

मोक्तानद्वारा स्वदेशवादकाे अवधारणा सार्वजनिक

२८ असार २०८३, आईतवार

काठमाडौं । देशमा देखिएको राजनीतिक, आर्थिक र सामाजिक संकटलाई समाधान गर्न सभ्यतामूलक वैचारिक मार्गको प्रस्ताव गर्दै बुद्धछिरिङ मोक्तानले ‘स्वदेशवाद’को अवधारणा सार्वजनिक गरेका छन्।

“नेपालको अस्तित्वगत संकट र राष्ट्रिय पुनर्जागरणको आह्वान” शीर्षकको प्रेस वक्तव्य आइतबार जारी गर्दै मोक्तानले नेपाल अहिले इतिहासकै गम्भीर अस्तित्वगत संकटबाट गुज्रिरहेको दाबी गरेका छन्। उनले अर्थतन्त्रको बढ्दो परनिर्भरता, युवाशक्तिको तीव्र विदेश पलायन, राज्यका संस्थाप्रति घट्दो जनविश्वास तथा निरन्तर राजनीतिक अस्थिरताले देशलाई जटिल मोडमा पुर्‍याएको उल्लेख गरेका छन्।

प्रेस वक्तव्यअनुसार वर्तमान संकट कुनै एक सरकार, राजनीतिक दल वा व्यक्तिको असफलताको परिणाम मात्र नभई दीर्घकालीन राष्ट्रिय कमजोरीको प्रतिफल हो। त्यसैले संकट समाधानका लागि तत्कालीन राजनीतिक बहसभन्दा माथि उठेर नयाँ राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ।

यही उद्देश्यका साथ मोक्तानले ‘स्वदेशवाद’लाई नेपालको आफ्नै सभ्यता, इतिहास र जीवनदर्शनमा आधारित राष्ट्रिय वैचारिक मार्गका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार यसको आधार तीन सभ्यतागत परम्परामा रहेको छ । ब्राह्मण परम्पराबाट नैतिक शासन, धर्म र कर्तव्यबोध; श्रमण परम्पराबाट करुणा, आत्मअनुशासन र बुद्धको मध्यमार्ग; तथा लोकायत परम्पराबाट जनजीवन, प्रकृतिप्रतिको सम्मान र स्थानीय ज्ञानको मूल्य।

वक्तव्यमा स्वदेशवादका तीन आधारभूत सिद्धान्तसमेत अघि सारिएका छन्। पहिलो, ऋत, जसले विधिको शासन, संस्थागत अनुशासन र भ्रष्टाचारमुक्त राज्य व्यवस्थामा जोड दिन्छ। दोस्रो, प्रतित्य, जसले हिमाल, पहाड र तराई मधेसका सबै समुदायबीच सहअस्तित्व, अन्तरनिर्भरता र साझा भविष्यको अवधारणालाई स्थापित गर्न खोज्छ। तेस्रो, अनेकान्त, जसले विविध विचार, बहुलता र लोकतान्त्रिक संवादलाई राष्ट्र निर्माणको आधार मान्छ।

मोक्तानले नेपाललाई निराशाबाट आशातर्फ, विभाजनबाट सहकार्यतर्फ र राजनीतिक प्रतिस्पर्धाबाट राष्ट्रिय सहमतितर्फ लैजान समय आएको उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई साझा राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान गरेका छन्। उनले नेपाल कुनै असफल राष्ट्र बन्ने नियतिले निर्माण भएको देश नभएको उल्लेख गर्दै पुनर्जागरण अब विकल्प नभई राष्ट्रिय आवश्यकता बनेको बताएका छन्।

उक्त प्रेस वक्तव्यले नेपालको समकालीन संकटलाई सभ्यतामूलक दृष्टिकोणबाट व्याख्या गर्दै वैकल्पिक राष्ट्रिय विमर्श अघि सारेको दाबी गरेको छ। यद्यपि वक्तव्यमा प्रस्तुत अवधारणा र प्रस्तावहरू कार्यान्वयनका लागि कस्ता नीति, कार्यक्रम वा संस्थागत संरचना अवलम्बन गरिने भन्ने विषय भने खुलाइएको छैन।