भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान हितेन्द्रदेव शाक्य पनि अदालतमा राष्ट्रिय सभाको बैठक पनि स्थगित प्रतिनिधिसभामा विपक्षीको अवरोधपछि भोलिसम्मका लागि बैठक स्थगित भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

२७ माघ २०८१, आईतवार

काठमाडौ । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व समेटेर निर्माण गरिएको वृत्तचित्र– “जय श्री बडिमालिका” सार्वजनीक गरिएको छ । शनिबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरेर वृत्तचित्र सार्वजनीक गरिएको हो । वृत्तचित्रमा श्री बडीमालिका पूजाको पन्ध्र दिने सरकारी पेटारो लैजाने धार्मिक यात्रालाई मुख्य विषयवस्तुका रुपमा समेटिएको छ ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागबाट एमफिल तहको अनुसन्धानका शोधार्थी रोशनप्रसाद श्रेष्ठ र उप–प्राध्यापक डा. राजन विनायक पासाको संयुक्त पहलमा वृत्तचित्र निर्माण गरिएको थियो । वृत्तचित्र प्रदर्शनको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तथा वृत्तचित्रका लेखक तथा निर्देशक समेत रहेका डा. पासाले कर्णाली र सुदूर पश्चिमको कनेक्सन क्षेत्र भएकोले बडीमालिका क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई प्रवद्र्दन गर्नुपर्ने आवश्यकता औँल्याए । बडिमालिकाको महत्वका बारेमा सतहीमात्र नभएर अनुसन्धानात्मक सामाग्रीको निर्माण गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडीमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्टी दिने खालको वृत्तचित्र निर्माण भएकोमा खुशी व्यक्त गरे । डोटीमा जन्मेका श्रेष्ठले बाल्यकालमा श्री बडिमालिका मन्दिमा सरकारी पक्षले पेटारो लैजाने गरेको स्मरण गर्दै त्यसबारे विस्तृत अध्ययनका साथ वृत्तचित्र निर्माण गरेकोमा निर्माण पक्षलाई धन्यावाद ज्ञापन गरे । उनले सूदुरपश्चिम क्षेत्रको मात्र नभई सिंगो नेपालकै धार्मिक पर्यटन प्रवद्र्धनमा वृत्तचित्रले महत्त्वपूर्ण योगदान गर्न सक्ने बताउँदै सरकारी पक्षले यसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

ग्रामीण पर्यटनविद् प्रेम शर्माले नेपालको नेचर र कल्चर अत्यन्त महत्वपुर्ण भएकोले त्यसलाई चिन्न देशव्यापी भ्रमण गर्नुपर्नेमा जोड दिए । यस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका प्रा.डा. भूषण श्रेष्ठले धार्मिक पर्यटनका क्षेत्रमा सूदुरपश्चिमवासीले आफ्नो तहबाट विशेष पहल गर्नुपर्ने धारणा राखे ।

वृत्तचित्र निर्माणकर्ता शोधार्थी रोशनप्रसाद श्रेष्ठले आफ्नो शैक्षिक अध्ययनको क्रममा आफ्नो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सरकारी पेटारो लैजाने गत श्रावण २१ गतेदेखि भएको पन्ध्र दिने धार्मिक यात्रामा सहभागी भई प्रत्यक्ष अनुसन्धानबाट शोध कार्य गरेको र सो शोधकार्यको क्रममा गरिएको अनुभवलाई वृत्तचित्रमा उतारेको बताए । वृत्तचित्रका निर्माणकर्ता तथा निर्देशक उपप्राध्यापक डा. पासाले यसअघिपनि पर्यटन प्रवद्र्दनको उद्देश्यका साथ वृत्तचित्र निर्माण गर्दै आएका छन् । कार्यक्रमको सहजीकरण दुर्गाराज पाण्डेले गरेका थिए ।