© २०२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन चाँडै ल्याउने सरकारी तयारीलाई उजागर गर्दै शिक्षकहरूलाई आन्दोलनमा जानु आवश्यक नरहेको बताएका छन्। नेकपा (एमाले) रूपन्देही जिल्ला कमिटीद्वारा आयोजित जागरणसभामा बोल्दै उनले अहिलेको सरकार सबै क्षेत्र र समुदायको आवाज सुन्ने प्रतिबद्धतामा रहेको उल्लेख गरे।
“समस्याहरू छन्, तर त्यसको समाधान सडकमा होइन संवादबाट खोजिनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “शिक्षा ऐन छिट्टै आउँछ। शिक्षकमाथि राष्ट्रको जिम्मेवारी हुन्छ, त्यसैले आर्थिक अवस्था र राष्ट्रिय हित समेत विचार गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा पुष्टि गरी स्वीकृत गरिएको जानकारी दिँदै, आफू र उपकुलपतिबीच टकराव भएको भन्ने प्रचार झुटो भएको स्पष्ट पारे।
— पब्लिक सवाल