नेपाल वायुसेवा निगमको नेतृत्व श्रेष्ठलाई, मन्त्री पौडेलको ‘नैतिक कमान्ड’ मोक्तानद्वारा स्वदेशवादकाे अवधारणा सार्वजनिक शोकको घडीमा तिमिल्सेना दम्पतीको प्रवासबाट मानवीय साथ एमब्यान स्पोर्ट्स मिट २०२६ को ड्र सम्पन्न, मर्चेन्ट बैंकिङ क्षेत्रमा खेलकुदमार्फत व्यावसायिक सहकार्य सुदृढ हुने अपेक्ष ओलीको ‘नेतृत्व नछाड्ने’ अडानपछि योगेशको कटाक्ष: ‘डन्डी समातेर बस बचाए’ भन्ने भ्रम त छैन? प्रधानमन्त्री शाहको अभिव्यक्तिले जन्माएको कूटनीतिक बहस वैयक्तिक स्वतन्त्रता र प्रतिष्ठाको चिरहरण बजेटको महत्त्वाकाङ्क्षी लक्ष्य बहस जारी प्रधानमन्त्री शाहको स्टाटस भाइरल भीषण वर्षाले देशभर बितण्डा: काठमाडौँ जलमग्न, बीपी र मध्यपहाडी राजमार्ग बन्द हुँदा हजारौँ यात्रु सडकमै अलपत्र कांग्रेस स्वर्ग र नर्कको गोलचक्करमा देश संकटमा बंगलादेशमा एसिया प्यासिफिक सम्मेलन सम्पन्न कृषिमा सम्भावनाको क्षितिज फराकिलो बनाउने विस्वास पारदर्शिता र प्रतिबद्धताका लागि काँग्रेसलाई पौडेलको चेतावनी: गलत कार्यमा नफस्न सुझाव समुदायमै स्वास्थ्य सेवा पदको प्यासमा रहेका प्रति प्रचण्डको चिन्ता गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस्

नेपाल वायुसेवा निगमको नेतृत्व श्रेष्ठलाई, मन्त्री पौडेलको ‘नैतिक कमान्ड’

३० असार २०८३, मंगलवार
काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) को कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ उड्डयन तथा पर्यटन विज्ञ महेश्वरभक्त श्रेष्ठलाई दिएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारीसहित नियुक्त गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
लामो समयदेखि थला परेको राष्ट्रिय ध्वजावाहकलाई उकास्न सरकारले एक योग्य र निष्कलङ्क छविका विज्ञलाई भित्र्याएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले उच्च सम्मानसहित फेसबुकमार्फत उनलाई विशेष शुभकामना दिएका छन्। विगतमा संस्थाको हितका लागि सरकारकै गलत निर्णयविरुद्ध उभिने आँट गरेका श्रेष्ठको बुढ्यौली उमेर, तर समृद्ध विचार र नैतिकताको कदर गर्दै मन्त्री पौडेलले उनीबाट निगमले सुधारको ठूलो आशा राखेको सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्।
नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठलाई बधाई दिने क्रममा मन्त्री पौडेलले आफ्नो फेसबुक अकाउन्टमा निगमको इतिहासकै सबैभन्दा विवादित र चर्चित ‘धमिजा काण्ड’ लाई स्मरण गर्दै सो काण्डको समयमा श्रेष्ठले देखाएको व्यावसायिक निष्ठा र साहसिक कदमको प्रशंसा गर्दै फेसबुकमा लेखेका छन्:
“राष्ट्रिय ध्वजाबाहकको जिन्दगीमा लागेको पहिलो धमिरा थियो धमिजा काण्ड । धमिजा काण्डको बेलैदेखि सरकारकै निर्णय विरुद्धमा उभिने आँट गरेका व्यक्ति हुनुहुन्थ्यो तपाईँ । मेरो उमेरभन्दा लामो अनुभव भएका तर नेवानिलाई नउकासी बिश्राम नलिने अमर्ख लिएको वयले वृद्ध तर विचार र नैतिकताले समृद्ध व्यक्ति हुनुहुन्छ तपाईँ । तपाईँबाट मैले ठुलो आशा गरेको छु !”

मन्त्रीको यो फेसबुक अभिव्यक्तिले श्रेष्ठ राजनीतिक दबाब र गलत निर्णयसामु नझुक्ने एक बलियो र नैतिकवान् संवाहक हुन् भन्ने कुरालाई फेरि प्रमाणित गरिदिएको छ।

पाँच दशकको अनुभव र परामर्श क्षेत्रमा योगदान दिएका नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठ नेपाल र दक्षिण एसियामै एयरलाइन, उड्डयन र पर्यटन व्यवस्थापनका वरिष्ठ परामर्शदाताका रूपमा स्थापित छन्। सन् १९८५ यता उनले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, एसियाली विकास बैंक (ADB), राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं नेपाल वायुसेवा निगमलगायतका विभिन्न निकायहरूका लागि नीति निर्माण, रणनीतिक योजना, विमान बेडा (फ्लिट) योजना, पर्यटन विकास तथा संस्थागत सुधारका दर्जनौँ परामर्श परियोजनाहरूमा काम गरिसकेका छन्।
विशेष गरी निगमको १० वर्षे फ्लिट योजना तयार पार्ने, बोइङ–७५७ खरिद मूल्याङ्कन समितिको सदस्य-सचिवको जिम्मेवारी निर्वाह गर्ने, ‘नेपाल पर्यटन वर्ष २०११’ को रणनीतिक योजना तयार पार्ने तथा राष्ट्रिय नागरिक उड्डयन नीति पुनरावलोकनमा समेत उनको महत्त्वपूर्ण भूमिका रहेको थियो।
श्रेष्ठ शैक्षिक, साहित्यिक र अनुसन्धानको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनले नागरिक उड्डयन, पर्यटन, हवाई सेवा व्यवस्थापन, हवाई भाडा निर्धारण, एयर कार्गो, फ्लिट योजना, सार्वजनिक संस्थान व्यवस्थापन तथा पर्यटन विकासका विषयमा चार दशकभन्दा बढी समयदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा दर्जनौँ अनुसन्धानमूलक लेखहरू प्रकाशित गर्दै आएका छन्।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (KUKL) का पूर्वस्वतन्त्र सञ्चालकसमेत रहिसकेका श्रेष्ठ सन् १९८० देखि लन्डनस्थित प्रतिष्ठित ‘चार्टर्ड इन्स्टीट्युट अफ ट्रान्सपोर्ट’ (Chartered Institute of Transport) को सदस्यसमेत रहँदै आएका छन्।
यसअघि सन् २००० मा उनले प्रकाशित गरेको ‘नेप्लिज एभियसन एन्ड टूरिजम’ पुस्तक पूर्वाञ्चल विश्वविद्यालयको पर्यटन अध्ययनको स्नातकोत्तर (Masters) तहमा सन्दर्भ पुस्तकका रूपमा अध्यापन गराइँदै आएको छ। त्यस्तै, सन् २०२३ मा प्रकाशित नेपालको पहिलो व्यावसायिक पाइलट क्याप्टेन बबीविक्रम शाहको जीवनीमा आधारित ‘अ म्यान विथ अ मिसन: LIFE AND TIMES OF CAPT. BOBBY BIKRAM SHAH’ पुस्तकका उनी सहलेखक समेत हुन्।
उनले निगममा करिब २५ वर्ष विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। श्रेष्ठले सन् १९७५ देखि १९८५ सम्म कर्पोरेट योजना प्रमुख तथा सन् १९८५ देखि १९९२ (वि.सं २०४९) सम्म कर्पोरेट, Marketting तथा बिक्री र कमर्सियल विभागको निर्देशक (कर्पोरेट निर्देशक) का रूपमा नेतृत्व गरेका थिए।
उनी बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरबाट सन् १९७९ मा एयर ट्रान्सपोर्टमा विशेषज्ञतासहित ट्रान्सपोर्ट एन्ड डेभलपमेन्टमा स्नातकोत्तर डिप्लोमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरी उत्तीर्ण गर्ने विज्ञ हुन्। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले क्यानडाको म्याकगिल विश्वविद्यालय, भारतको एडमिनिस्ट्रेटिभ स्टाफ कलेज र अमेरिकाको म्याकडोनेल डगलसलगायत प्रतिष्ठित संस्थाहरूबाट उड्डयन व्यवस्थापनसम्बन्धी उच्चस्तरीय तालिम लिएका छन्।
मन्त्रालय र आम नागरिकको ठुलो भरोसा बोकेका नवनियुक्त अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा निगमलाई व्यावसायिक रूपमा सबल बनाउने, कम्पनी मोडलमा रूपान्तरण गर्ने र आगामी ३ वर्षभित्र संस्थालाई पूर्ण रूपमा ऋणमुक्त बनाउने प्राथमिक योजना अघि सारेका छन्। पर्यटन मन्त्री खडकराज पौडेलको पूर्ण भरोसा र सरकारको बलियो साथ पाएका श्रेष्ठको यो ‘सेकेन्ड इनिङ्स’ ले नेपाल एयरलाइन्सको आकाशमा सुखद दिनहरू फर्काउने विश्वास गरिएको छ