© २०२३
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र क्याम्पसमा ११ वर्षपछि नेपाल विद्यार्थी संघको इकाइ गठन भएको छ।
बाजुराका अमृत शाही सर्वसम्मत रूपमा नेपाल विद्यार्थी संघ त्रिचन्द्रको इकाइ अध्यक्ष भएका छन्।
२०७० सालमा विष्णु पौडेल ‘दारी’ त्रिचन्द्रको नेविसंघ इकाइ अध्यक्ष भएका थिए। त्यसयता त्रिचन्द्रमा नेविसंघको सांगठनिक गतिविधि ठप्पप्रायः थियो।
यस वर्ष त्रिचन्द्रमा नेविसंघले आफ्नै बागी उमेदवार र अन्य सात विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै स्ववियु निर्वाचनमा प्यानलै जित्यो।
स्ववियु सभापतिमा कांग्रेस महामन्त्री गगन थापानिकट गोविन्द कोइराला निर्वाचित भएका छन्। नवनियुक्त इकाइ अध्यक्ष शाही भने संस्थापन निकट मानिन्छन्।
नेविसंघ केन्द्रले शाहीलाई तीन महिनाभित्र इकाइ अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित इकाइ अध्यक्ष पदको जिम्मेवारी दिइएको जानकारी दिएको छ।