एमब्यान स्पोर्ट्स मिट २०२६ को ड्र सम्पन्न, मर्चेन्ट बैंकिङ क्षेत्रमा खेलकुदमार्फत व्यावसायिक सहकार्य सुदृढ हुने अपेक्ष ओलीको ‘नेतृत्व नछाड्ने’ अडानपछि योगेशको कटाक्ष: ‘डन्डी समातेर बस बचाए’ भन्ने भ्रम त छैन? प्रधानमन्त्री शाहको अभिव्यक्तिले जन्माएको कूटनीतिक बहस वैयक्तिक स्वतन्त्रता र प्रतिष्ठाको चिरहरण बजेटको महत्त्वाकाङ्क्षी लक्ष्य बहस जारी प्रधानमन्त्री शाहको स्टाटस भाइरल भीषण वर्षाले देशभर बितण्डा: काठमाडौँ जलमग्न, बीपी र मध्यपहाडी राजमार्ग बन्द हुँदा हजारौँ यात्रु सडकमै अलपत्र कांग्रेस स्वर्ग र नर्कको गोलचक्करमा देश संकटमा बंगलादेशमा एसिया प्यासिफिक सम्मेलन सम्पन्न कृषिमा सम्भावनाको क्षितिज फराकिलो बनाउने विस्वास पारदर्शिता र प्रतिबद्धताका लागि काँग्रेसलाई पौडेलको चेतावनी: गलत कार्यमा नफस्न सुझाव समुदायमै स्वास्थ्य सेवा पदको प्यासमा रहेका प्रति प्रचण्डको चिन्ता गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै

एमब्यान स्पोर्ट्स मिट २०२६ को ड्र सम्पन्न, मर्चेन्ट बैंकिङ क्षेत्रमा खेलकुदमार्फत व्यावसायिक सहकार्य सुदृढ हुने अपेक्ष

२० असार २०८३, शनिबार

काठमाडौं। मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) ले आयोजना गर्न लागेको ‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को पूर्व–कार्यक्रम अन्तर्गत पत्रकार सम्मेलन तथा आधिकारिक ड्र कार्यक्रम बिहीबार धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा सम्पन्न भएको छ।
एमब्यानका कार्यसमिति सदस्य सन्दीप कार्की को उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागी संस्थाका टोली प्रमुख, खेलाडी, प्रतिनिधि, आयोजक समितिका सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा आयोजक समितिले प्रतियोगिताको उद्देश्य, खेलको ढाँचा, समयतालिका तथा व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी गराएको थियो। साथै फुटसल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिताका लागि आधिकारिक ड्र सम्पन्न गर्दै खेल तालिका र प्रतिस्पर्धात्मक संरचनालाई अन्तिम रूप दिइएको जनाएको छ।
प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा १८ टोली सहभागी हुनेछन्, जसलाई तीन–तीन टोली रहने गरी ६ समूहमा विभाजन गरिएको छ। महिला फुटसलमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। त्यसैगरी ब्याडमिन्टनतर्फ पुरुष डबल्समा ५ टोली, महिला डबल्समा ६ टोली तथा भेट्रान्स डबल्समा २ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
टेबलटेनिसतर्फ पुरुष एकलमा १४ खेलाडी, महिला एकलमा ५ खेलाडी र भेट्रान्स एकलमा ५ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
एमब्यान स्पोर्ट्स मिट २०२६ आगामी असार २० र २१ (जुलाई ४ र ५) मा धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा आयोजना हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताले मर्चेन्ट बैंकिङ क्षेत्रका सदस्य संस्थाबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव, टोलीगत कार्यसंस्कृति, स्वस्थ प्रतिस्पर्धा तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले संस्थागत सहकार्य, कर्मचारीबीचको समन्वय र व्यावसायिक नेटवर्क विस्तारमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
एमब्यानले प्रतियोगिताको सफल आयोजनाका लागि सहभागी संस्था, खेलाडी, पदाधिकारी, प्रायोजक तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेको छ।