© २०२३
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता किरणराज शर्मा पौडेलले तीनै तहमा रहेका कांग्रेसका जनप्रतिनिधिहरूलाई गलत कार्यमा नफस्न र सजग र पारदर्शी ढंगले काम गर्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत जनताले प्रत्यक्ष मूल्यांकन गरिरहेकाले नेता, सांसद, मेयरहरू बिचौलियाको प्रभावमा नपर्न उनले आग्रह गरे।
साथै, उनले विदेशस्थित ३७ जनसम्पर्क समितिमध्ये अधिकांशको कार्यकाल सकिएको जनाउँदै, १५औँ महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न अधिवेशन आवश्यक रहेको बताए। उनले सदस्यता वितरणदेखि अधिवेशनको मिति तय गर्ने विस्तृत कार्यतालिका समेत प्रस्तुत गरे।
५०औँ स्वर्ण महोत्सव मनाइरहेका जनसम्पर्क समितिहरूलाई भारतमा विशेष ध्यान केन्द्रित गर्न उनले प्रस्ताव गरे। साथै, विपिन जोशीको उद्धार, एनआरएनए एकताको महाधिवेशन र कन्सुलर सेवाको विस्तारमा परराष्ट्र मन्त्रालयले खेलेको भूमिकाको उनले प्रशंसा गरे। एनआरएनएलाई अझै सुदृढ बनाउनु पर्ने आवश्यकता पनि उनले औंल्याए।