रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, सुरुङभित्र पनि खोजी जारी मास्टरनी’ चलचित्रको गीत तत्काल हटाउन शिक्षक महासंघको माग नेपाल वायुसेवा निगमको नेतृत्व श्रेष्ठलाई मन्त्री पौडेलको ‘नैतिक कमान्ड’ मोक्तानद्वारा स्वदेशवादकाे अवधारणा सार्वजनिक शोकको घडीमा तिमिल्सेना दम्पतीको प्रवासबाट मानवीय साथ एमब्यान स्पोर्ट्स मिट २०२६ को ड्र सम्पन्न, मर्चेन्ट बैंकिङ क्षेत्रमा खेलकुदमार्फत व्यावसायिक सहकार्य सुदृढ हुने अपेक्ष ओलीको ‘नेतृत्व नछाड्ने’ अडानपछि योगेशको कटाक्ष: ‘डन्डी समातेर बस बचाए’ भन्ने भ्रम त छैन? प्रधानमन्त्री शाहको अभिव्यक्तिले जन्माएको कूटनीतिक बहस वैयक्तिक स्वतन्त्रता र प्रतिष्ठाको चिरहरण बजेटको महत्त्वाकाङ्क्षी लक्ष्य बहस जारी प्रधानमन्त्री शाहको स्टाटस भाइरल भीषण वर्षाले देशभर बितण्डा: काठमाडौँ जलमग्न, बीपी र मध्यपहाडी राजमार्ग बन्द हुँदा हजारौँ यात्रु सडकमै अलपत्र कांग्रेस स्वर्ग र नर्कको गोलचक्करमा देश संकटमा बंगलादेशमा एसिया प्यासिफिक सम्मेलन सम्पन्न कृषिमा सम्भावनाको क्षितिज फराकिलो बनाउने विस्वास पारदर्शिता र प्रतिबद्धताका लागि काँग्रेसलाई पौडेलको चेतावनी: गलत कार्यमा नफस्न सुझाव समुदायमै स्वास्थ्य सेवा पदको प्यासमा रहेका प्रति प्रचण्डको चिन्ता गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन

रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, सुरुङभित्र पनि खोजी जारी

१६ भाद्र २०८३, मंगलवार

काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। प्रभावित क्षेत्रमा उद्धार, शव व्यवस्थापन, सडक सुचारु तथा आपत्कालीन उपचारलगायतका काममा सेनाको ठूलो जनशक्ति परिचालन गरिएको छ।

नेपाली सेनाका अनुसार भदौ १६ गते बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको छ। यसअघि बाढीपछि तत्काल गरिएको उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रबाट २७९ जनालाई जीवितै उद्धार गरिएको थियो।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङहरूमा पनि विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। चिलिमे हाइड्रोको सुरुङमा टोली करिब ५० मिटरसम्म प्रवेश गरी खोजीमा जुटेको छ भने लाङटाङ हाइड्रोको सुरुङमा करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरिएको छ। अपर त्रिशूली–१ हाइड्रोको सुरुङमा पनि टोली करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङतर्फ टनेल हेड फेला पारिएको छ। सुरुङभित्र हावा प्रवाहका लागि कम्प्रेसर प्रयोग गरिएको छ भने पानी निकाल्ने कार्य जारी छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। सुरुङभित्र प्रवेश गर्ने स्थान तयार गर्न रक ब्रेकरबाट ढुङ्गा फुटाउने कामसमेत भइरहेको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा पनि विज्ञसहितको नेपाली सेनाको टोली परिचालन गरिएको छ। सुरुङमा प्रवेशका लागि प्रवेशद्वार पहिचान गरी एक्स्काभेटरको प्रयोगबाट खन्ने कार्य भइरहेको सेनाले जनाएको छ।

उद्धारसँगै प्रभावित क्षेत्रमा जमिनी खोजी तथा राहतका कामसमेत जारी छन्। जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गरी स्थानीयसँग प्रत्यक्ष रूपमा अवस्था बुझ्ने र उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सेनाले सम्बन्धित निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारका काम गरिरहेको जनाएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न निसंक्रमण (डिसइन्फेक्सन) को काम पनि अघि बढाइएको छ। धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट तथा पृथ्वीचन्द्र अस्पताल, परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल नगरपालिका–४ र मुलपानी सामुदायिक वन क्षेत्रमा डिसइन्फेक्सन गरिएको सेनाले जनाएको छ।

अन्य प्रभावित स्थानमा पनि स्थानीय तहसँगको समन्वयमा निसंक्रमणको काम अघि बढाउने तयारी भइरहेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धारको काम संवेदनशील अवस्थामा जारी रहेकाले सम्बन्धित निकायले प्राप्त सूचनालाई आधिकारिक माध्यमबाट पुष्टि गरेर मात्रै सार्वजनिक गर्न आग्रह गरेका छन्।