© २०२३
२ भदौ, काठमाडौ । नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला कार्यसमितिले छात्रवृति ठगी विरुद्द व्यापक रुपमा अभियान चलाउँदै आएको छ । नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष अंशुल केसीका अनुसार विशेषगरी निजि विद्यालयहरुमा पनि छात्रवृतिको माध्यमबाट जेहेनदार तथा आर्थिक रुपमा शिक्षा लिन असक्षम विद्यार्थीहरुलाई पनि नेपालको कानुनले छात्रवृतिको व्यवस्था गरेतापनि त्यसको कार्यान्वयन फितलो रहेको, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन–२०७५ को दफा २७ ले निजि विद्यालयहरुले पनि विद्यार्थीको संख्याको आधारमा छात्रवृतिको सुनिस्चितता भएपनि यसको कार्यान्वयन भए नभएको एकिन गर्न नेविसंघ काठमाडौँले छड्के निरीक्षण सुरु गरेको र नेविसंघले गरेको उक्त कार्यबाट अविभावक र विद्यार्थीमा उत्साह जगाएको नेविसंघ काठमाडौंका अध्यक्ष केसीले बताएका छन् ।