© २०२३
काठमाडौं । नेकपा एमाले ललितपुर जिल्लाको नवौं अधिवेशनमा पुरुषोत्तम आचार्य दोहोरिएका छन् । आचार्यले अध्यक्षमा २२९ मत ल्याई जित हासिल गरेका छन् । उनी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।
आचार्यका प्रतिद्वन्द्वी चेतनाथ सञ्जेलले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरे ।
उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य १७३ मत ल्याई विजयी भइन् । हरिगोविन्द श्रेष्ठले ११५, अष्टविर व्यञ्जनकारले ८७ र श्याम व्यञ्जनकारले ९८ मत ल्याए । सचिवमा राम राउत १९ मत ल्याई विजयी भए । रत्न महर्जनले ११२, लक्ष्मणप्रसाद बजगाईँले ५१, सहकुल खत्रीले २७, सुदर्शन मिश्रले ७६ र हरिप्रसाद न्यौपानेले २८ मत ल्याए ।
उपसचिवमा प्रभाकर थापा १६४ मत ल्याएर विजयी भए । नानीकाजी शाक्यले ४८, मनोज महर्जनले ६४, श्याम शर्मा बजगाईले ९९, सन्दन थापा मगरले ५४ र साजन दर्लामीले ४४ मत ल्याए । महिला उपसचिवमा आशा राई १४२ मत ल्याई विजयी भइन् । अन्नपूर्ण बस्नेतले ८७, संगिता अछामीले १४० र सुकुमाया लामाले १०४ मत ल्याइन् ।