© २०२३
२७ असार काठमाडौ । नेपालबाट हरेक वर्ष सयौँ विद्यार्थीहरु उच्च शिक्षा अध्यानका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । मुख्यतः पछिल्लो समय वैदेशिक शिक्षामा नेपाली विद्यार्थीको रोजाईमा जापान, कोरीया, अमेरीका, बेलायत, न्युजिल्यान्ड, अष्ट्रेलिया तथा युरोपका विभिन्न मुलुक पर्ने गरेका छन । देशका विभिन्न ठाउँका विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै काठमाडौ लगायत पोखरा, कञ्चनपुर, नुवाकोटबाट परामर्श प्रदान गरेर हजारौं विद्यार्थीहरूकाे मन जित्न सफल बिग एजुकेशनले नयाँ शाखा दाङकाे तुलसीपुरमा पनि सञ्चालनमा ल्याएको छ ।
उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूकाे विदेश जाने क्रम बढेपनि सहि सल्लाह र जानकारी नपाउदा विभिन्न समस्या खेप्ने गरेको भन्दै यस्ता समस्याहरूको समाधानका लागि पनि दाङको तुलसीपुरमा शाखा विस्तार गरेको बिग एजुकेशनका सिईओ सुरज केसीले पब्लिक सवाललाई बताए ।
विद्यार्थी भर्ना मात्र नभई उनिहरूले चाहाना राखेको ठाउँमा पुर्याउने गरेकोले पनि बिग एजुकेशनले हजारौं विद्यार्थीको मन जित्न सफल भएको केसीले सुनाए । काठमाडौ नयाँ बानेश्वरमा मुख्य कार्यालय भएको बिग एजुकेशनले पोखरा,कञ्चनपुर, नुवाकोट संगै दाङमा पनि शाखा विस्तार गरेको छ । विद्यार्थीको अवस्था अध्ययन गरेर उपयुक्त देशमा अध्ययनका लागि पठाउने गरेकोले पनि बिग एजुकेशन प्रति विद्यार्थीको आकर्षण बढेको र एजुकेसनका विभिन्न शाखा मार्फत जापान, कोरीया, अमेरीका, बेलायत, न्युजिल्यान्ड, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशमा अध्ययनका लागि जान विद्यार्थीलाई अझै सजिलो हुने सिईओ केसीले बताए । उनले थपे छात्रवृत्तिमा समेत विद्यार्थीलाई अध्ययनका लागि पठाउने गरिएको हुदा विद्यार्थीलाई धेरै नै सजिलो भइरहेको छ । विद्यार्थीलाई विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि पनि बिग एजुकेशनको भूमिका प्रमुख हुने उनको भनाइ छ ।