भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान हितेन्द्रदेव शाक्य पनि अदालतमा राष्ट्रिय सभाको बैठक पनि स्थगित प्रतिनिधिसभामा विपक्षीको अवरोधपछि भोलिसम्मका लागि बैठक स्थगित भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

सामान्तिका प्रेतहरुले टाउको उठाए जनताकै बलबाट गलहत्याइने छ: माओवादी अध्यक्ष प्रचण्ड

२२ फाल्गुन २०८१, बिहीबार

महोत्तरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरुले पुनः टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त पारिने चेतावनी दिएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाहीँ पुनः सक्रिय हुन खोज्ने गरेको बताए।

इतिहास पछाडि फर्कन नसक्ने भएकाले त्यस्ता सोच राख्न नहुने भन्दै अध्यक्ष प्रचण्डले प्राप्त अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डालाई अघि बढाउनुपर्ने उल्लेख गरे।

उनले कुनै पनि शासक वा राजा महाराजाले जनतालाई अधिकार नदिएको, बरु जनताले आफ्नै बलमा अधिकार प्राप्त गरेको स्मरण गराउँदै यसको रक्षा, प्रयोग र विकास गर्न माओवादी केन्द्रलाई बलियो बनाउनुपर्ने धारणा राखे।

अध्यक्ष प्रचण्डले मुलुक यथास्थितिमा चल्न नसक्ने भएकाले नयाँ आन्दोलनको आवश्यकता रहेको बताए। त्यसका लागि उत्पीडित तथा अपहेलित वर्ग–समुदायको घरघरमा पुग्नुपर्ने बताउँदै पार्टी गम्भीर आत्मसमीक्षासहित जनताको बीचमा आएको उल्लेख गरे।

उनले माओवादीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीका रूपमा २०७३ मा भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी हुलाकी मार्गको निर्माण प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले उक्त मार्ग तराई–मधेसको जीवनरेखा बन्ने बताए।

महोत्तरीको विकासलाई निरन्तर प्राथमिकतामा राख्दै अध्यक्ष प्रचण्डले जलेश्वरमा सुक्खा बन्दरगाह निर्माण, सिँचाइ सुविधा, भारतीय बाँधको असर न्यूनीकरण, मिटरव्याज पीडितको समस्या समाधान, शैक्षिक गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकताका साथ अघि बढाइने बताए। साथै, मणिपाल कलेजले ओगटेको जग्गाको उपयोगबारे समेत पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
पछिल्लो समय माओवादी जनताको बीचमा कम पुगेको भन्दै अध्यक्ष प्रचण्डले यसको फाइदा उठाएर मधेसवादी दलहरुले मधेसका जनतामा भ्रम सिर्जना गरेको आरोप लगाए। ती दलहरू अवसरवादी बनेको टिप्पणी गर्दै उनले यदि उनीहरू साँच्चिकै मधेसी जनताको पक्षमा छन् भने संघीयताको पक्षमा माओवादीले अघि बढाएको अभियानमा सहभागी हुन आग्रह गरे।