© २०२३
सन्तोष प्रसाद जोशी
बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोट निवासी कुसल व्यबसायी भगिरथ जङ्ग शाहिकी मततामयी आमा ५१ बर्षिया बालदेबी शाहिले शुक्रबार दिउँसो एक पोइन्ट रगत दान गरिन उनले हिमाली गाउँपालिका वडा नं २ बस्ने २४ बर्षिया सुत्केरी पाल्चु बुढालाई रगत दान गरेकि हुन ।
बिगत ४ दिन देखि कोल्टी अस्पतालको बेडमा छटपटाईरहेकी बुढालाई रगत दान गरेकी हुन । कोल्टी अस्पतालमा उपचारत सुत्केरी महिलालाई आज शाहिले रक्तदान गरेको शाहिका छोरा भगिरथ शाहिले जानकारी दिएका छन । उपचारत ४ दिनकी सुत्केरी बुढालाई A+ रगत आवस्यक परेकोले रगतको ब्यवस्थापन गर्न स्वास्थ्यकर्मीले बिरामीका आफन्तलाई आग्रह गरेका थिए । २४ वर्षिया सुत्केरी बुढालाई रक्तस्राप भएर शरिमा रगतको मात्रा कम भई जिवनमरणको दोसाँधमा पुगेकि बुढालाई रगत खोज्नु परेको अस्पतालले जनाएको छ ।
सुत्केरी बुढालाई चाहिने ३ पोइन्ट रगत मध्यमा शाखा शाहीले १ पोइन्ट र दुई पोईन्ट आफन्तले दिएर पुर्ति भएको अस्पतालले जनाएको छ । रक्त समूह परिक्षण गर्दा शाही र सुत्केरी बुढाको रक्त समुह मिल्दा रगत प्रदान गरिएको कोल्टी अस्पतालले जनाएको छ । रगत अभावले जीवन मरणको दोसाधँमा रहेकी बुढालाई विभिन्न ब्यक्तिबाट रगत संकलन भएको अस्पताल श्रोतले जनाएको छ । कोल्टी अस्पतालमा ब्लड बैंक नहुँदा रक्तदाता खोजेर विरामीको उपचार गर्नुपर्ने वाध्यता छ ।
त्यसैमा रक्तदाता समयमा नभेटेटिदा, भेटिए पनि मिल्दो जुल्दो रगत नहुँदा विरामीले हैरानित व्यहोर्नुपरेको छ । उपचारका लागि अस्पताल पुग्ने सुत्केरी तथा गर्भवतिलाई रगत आवस्यक पर्ने देखिए पछि खोजेरै ब्यवस्थापन गर्ने गरिएको छ ।
जिल्लाकै दोश्रो ठुलो अस्पतालका रुपमा कोल्टी अस्पतलमा ब्लड बैकको आवस्यक भए पनि यसको पहल नहुँदा रगत खोजेर विरामी बचाउने गरिएको छ । शाहिले बिगत लामो समय देखि विभिन्न अस्पतालमा रगत चाहिने बिरामीका लागि रगत दान गर्दै आउनुभएको छ ।