© २०२३
 
                                    काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल) को कार्यकारी निर्देशकमा नियुक्त प्रा. डा. मोहनचन्द्र रेग्मीले आइतबार पदभार ग्रहण गरेका छन्। यस अवसरमा राष्ट्रिय चिकित्सक संघ नेपाल (NDAN) द्वारा भव्य स्वागत समारोह आयोजना गरिएको थियो, जहाँ करिब ५० जना चिकित्सकको उपस्थिति रहेको थियो।
स्वागत समारोहमा पूर्व एनएमसी रजिष्ट्रार डा. कृष्ण अधिकारी ले स्वागत मन्तव्य व्यक्त गरे भने, महासचिव डा. छवि पन्थी ले कार्यक्रम सञ्चालन गरेको उक्त कार्यक्रम  सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रह्यो।
पदभार ग्रहणपछि डा. रेग्मीले बिरामीमैत्री सेवा प्रणाली विकास गर्दै अस्पतालको सेवा सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे। उनले भने, “मेरो पहिलो प्राथमिकता बिरामीलाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्नु हो। साना सुधारमार्फत अस्पतालको सेवा स्तर अझै माथि उठाउनेछु।”
गत बुधबार बसेको निजामती कर्मचारी अस्पताल विकास समिति को बैठकले डा. रेग्मीलाई कार्यकारी निर्देशक मा नियुक्त गर्ने निर्णय गरेको थियो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेका डा. रेग्मी चितवन, भरतपुर निवासी हुन्। कार्यकारी निर्देशक पदका लागि डा. रुद्र मरासिनी र डा. प्रमोद यादव को नाम समेत सिफारिस गरिएको थियो।
हाल सिभिल अस्पताल मा ३० वटा इमरजेन्सी बेडसहित ३०९ शय्या सञ्चालनमा छन्। साथै, १३२ विशेषज्ञ चिकित्सक, ५६ मेडिकल अधिकृत, २७० नर्सिङ कर्मचारी, १५२ पारामेडिक्स र ८६ अन्य कर्मचारी सहित ६९६ जना कर्मचारी कार्यरत छन्।