भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान हितेन्द्रदेव शाक्य पनि अदालतमा राष्ट्रिय सभाको बैठक पनि स्थगित प्रतिनिधिसभामा विपक्षीको अवरोधपछि भोलिसम्मका लागि बैठक स्थगित भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणमा ‘SPARC डाटा फर एक्सन’ तालिम सम्पन्न

२९ फाल्गुन २०८१, बिहीबार

काठमाडौ । नेपालमा एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) नियन्त्रण तथा एन्टिमाइक्रोबियल स्टेवार्डशिप (AMS) प्रवद्र्धन गर्न कमनवेल्थ फार्मासिस्ट्स एसोसिएसन (CPA) को नेतृत्वमा आयोजित ‘SPARC डाटा फर एक्सन’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। धुलिखेलमा १० र ११ मार्चमा सम्पन्न उक्त तालिममा देशभरका १८ प्रतिष्ठित स्वास्थ्य संस्थाका चिकित्सक, फार्मासिस्ट, नर्स, माइक्रोबायोलोजिस्ट, प्रयोगशाला विज्ञ, डेटा विश्लेषक तथा AMS नेतृत्वकर्ताहरू सहभागी भएका थिए।
एन्टिमाइक्रोबियल प्रतिरोध आधुनिक चिकित्सा विज्ञानका लागि गम्भीर चुनौती बनेको छ। सामान्यतया उपचार गर्न सकिने संक्रमणहरू समेत खतरनाक बन्न सक्ने अवस्थामा, AMS प्रभावकारी बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको थियो । CPA को ‘Surveillance and Prescribing Support for Antimicrobial Stewardship Resource Capacity Building (SPARC)’ कार्यक्रमअन्तर्गत सम्पन्न तालिममा डेटा-आधारित नीति निर्माण, प्वाइन्ट प्रेभालेन्स सर्वे (PPS) को प्रभावकारिता, र अस्पतालस्तरमा AMS हस्तक्षेपको दीर्घकालीन कार्यान्वयन जस्ता विषयमा गहन प्रशिक्षण प्रदान गरिएको SPARC कार्यक्रम प्रबन्धक ब्रिजेट केबिरुंगीले पब्लिक सवालसँग कुरा गर्दै भनिन्, “क्षमता विकास हाम्रा साझेदार देशहरूमा गरिने प्रत्येक पहलको केन्द्रमा रहन्छ। हाम्रो तालिमले स्वास्थ्यकर्मीहरूलाई आवश्यक सीप, विधि तथा आवश्यक सहयोग प्रदान गरेर उनीहरूलाई आफ्ना संस्थाहरूमा सकारात्मक तथा दिगो परिवर्तन ल्याउन सशक्त बनाउने लक्ष्य राख्छ।”
उनका अनुसार, यो तालिमले डेटा-आधारित निर्णय प्रक्रियालाई प्रवर्द्धन गर्दै, स्वास्थ्य संस्थाहरूलाई एन्टिमाइक्रोबियल औषधिको सही प्रयोग गर्न प्रेरित गर्नेछ। उनले पब्लिक सवालसँग कुरा गर्दै थपिन्, “हाम्रो उद्देश्य नेपालमा AMR विरुद्ध प्रभावकारी रणनीति लागू गर्न सहयोग पुर्‍याउनु हो।”
उनले पब्लिक सवालसंग भनिन्, “क्षमता विकास हाम्रो प्रमुख प्राथमिकता हो। यो तालिमले स्वास्थ्य संस्थाका व्यावसायिकहरूलाई वैज्ञानिक डेटा प्रयोग गरेर AMS सुधार गर्न सशक्त बनाउनेछ। हामी नेपालका १८ स्वास्थ्य संस्थाबाट आएका प्रशिक्षार्थीहरूलाई एन्टिबायोटिक औषधिको भविष्य सुरक्षित राख्ने अभियन्ता बनाउन चाहन्छौं।”
नेपालका लागि SPARC In-Country Consultant अनुप लुइटेलका अनुसार, “यो तालिमले स्वास्थ्यकर्मीहरूलाई PPS सञ्चालन गर्ने, डेटा विश्लेषण गर्ने, र रणनीतिक निर्णय लिन सक्षम बनाउनेछ, जसले भविष्यमा एन्टिबायोटिक औषधिको प्रभावकारिता सुनिश्चित गर्न मद्दत गर्नेछ।”
तालिममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति बाल अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, र धुलिखेल अस्पताल लगायतका १८ प्रमुख स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

फ्लेमिङ फण्डको आर्थिक सहयोगमा FHI 360 र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा सम्पन्न यो तालिम AMR विरुद्धको लडाइँमा नेपाललाई सशक्त बनाउने अन्तर्राष्ट्रिय पहलको हिस्सा हो। SPARC कार्यक्रमले एसिया र अफ्रिकाका २२ देशमा AMS प्रणालीलाई मजबुत बनाउने उद्देश्य राखेको छ। SPARC तालिमले नेपालका स्वास्थ्य संस्थाहरूलाई वैज्ञानिक डेटा-आधारित रणनीति अपनाएर रोग प्रतिरोधी क्षमता घटाउने प्रयासलाई मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। AMS सुदृढीकरणका लागि यो कदम नेपालका स्वास्थ्य संस्थाहरूका लागि उदाहरणीय बन्नेछ।