© २०२३
१३ असोज, काठमाडौं — त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले क्यानडासँग १४ रनले पराजय बेहोरेको छ। १२४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल १९ ओभरमै १०९ रनमा अल आउट भयो।
कप्तान रोहित पौडेलले ३७ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे पनि अन्य ब्याटरहरूले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। नेपालका मुख्य ब्याटरहरू अनिल साह (९ रन), आसिफ शेख (८ रन), कुशल मल्ल (१२ रन), र सन्दीप लामिछाने (१० रन) पनि क्यानडाका बलरसँग टिक्न सकेनन्।
क्यानडाका बलर कलिम सानाले ४ विकेट लिएर नेपालको ब्याटिङलाई धराशायी बनाए। क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।