पर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल करियरमा ९०० गोल पुरा गरेर नयाँ कीर्तिमानी कायम गरेका छन्। नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा क्रोयशियाविरुद्ध गोल गर्दै रोनाल्डोले यो महत्वपूर्ण उपलब्धि हासिल गरे।
रोनाल्डोले क्रोयशियाविरुद्धको खेलमा नुनो मेन्डिसको पासमा ३४ औं मिनेटमा गोल गर्दै यो कीर्तिमानी पूरा गरेका थिए। यस गोलसँगै पोर्चुगलले लिगमा विजयी शुरुवात गरेको छ।
यससँगै रोनाल्डो ९०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। ३९ वर्षीय रोनाल्डोले १२३६ खेलमा यो उपलब्धि हासिल गरेका हुन्।
उनले स्पेनिस क्लब रियल म्याड्रिडको लागि सबैभन्दा धेरै ४५० गोल गरेका छन्। साथै, स्पोर्टिङ लिस्बनका लागि ५ गोल, म्यानचेस्टर युनाइटेडबाट १४५ गोल, पोर्चुगलका लागि १३१ गोल, युभेन्ट्सबाट १०१ गोल र अल नासरबाट ६८ गोल गरेका छन्।