गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

इम्बोस्ड नम्बरका नाममा ब्रम्हलुट

२४ चैत्र २०८०, शनिबार

काठमाडौं, २४ चैत्र । देशमा ब्रम्हलुट मच्चाउने गिरोह हावी छ । कुनै न कुनै नयाँ तरिका अपनाएर ठगी गर्ने गिरोह जस्तै जुक्ति लगाई लगाई देशलाई ठग्नेहरुको जमात देखिएको छ । यसको उदाहरण हो इम्बोस्ड नम्बर प्लेट । प्रविधि भित्राउने नाममा नेपाली भाषा माँस्ने ग्रान्डडिजाइनमा ल्याइएको इम्बोस्ड नम्बर प्लेटमा कमिशनखोरहरुको संगठित गिरोह नै सक्रिय रहेको खुल्दै गएको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दा ठूलै गिरोहबारे खुल्न थालेको छ । त्यस्ता गिरोहमा दलका प्रभावशाली नेता, कर्मचारी देखि भ्रष्ट न्यायाधीशहरुलाई पनि सेटिङ गरिएको खुलिरहेको छ । यतिसम्मकी इम्बोस्ड नम्बर प्लेटको भुक्तानी लिन यातायात व्यवस्था विभागका महानिर्देशक नै इम्बोस्ड माफियाले लान्थे । जो भुक्तानी दिन आनाकानी गर्थे तिनको सरुवा हुन्थ्यो ।

एउटा घटना छ । यातायातका तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ठेकेदार कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको भुक्तानी दिन यातायात व्यवस्था विभागका महानिर्देशकलाई बारम्बार दबाब दिए । अमेरिका र बंगलादेशी संयुक्त कम्पनीे डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटलाई इम्बोस्डको साढे ४ करोड भुक्तानी दिन यातायातका डिजीलाई मन्त्री क्वार्टरदेखि मन्त्रालयसम्म बोलाएर ती मन्त्रीले निकै ‘प्रेसर’ गरेका थिए । तर, तत्कालीन ती डिजीले ठेकेदार कम्पनीलाई इम्बोस्डको भुक्तानी दिन अस्वीकार गरे । उनले आफूलाई यातायातबाट तत्काल सरुवा गरिदिन आग्रह गरे । केही समयपछि ती डिजीको यातायातबाट सरुवा भयो ।

ठेकेदारले भुक्तानी दिएबापत २० प्रतिशत कमिसन दिन्छु भन्दा समेत ती डिजीले भुक्तानी नदिई रमाना लिएर हिँडे । त्यसपछि आएका तिजीले तत्काल ठेकेदारलाई इम्बोस्डको भुक्तानी दिए । २० ‘प्रतिशत कमिसन आउछ भनेपछि आफूलाई यहाँ ठूलै गडबड छ भन्ने लाग्यो ।’,तत्कालीन ती डिजीले भने, ‘इम्बोस्डमा ठूलो बदमासी छ । एकदिन बदमास सबै जान्छन् । म चाहिँ निजी फाइदाका लागि यस्तो राष्ट्रघाती काममा लाग्दिन भनेर त्यहाँबाट हिँडे ।’ भुक्तानी दिन दबाब दिने मन्त्री फेरि मन्त्री बनेका छन् । इस्बोस्ड नम्बर प्लेटमा भ्रष्टाचार भएको विषयमा अख्तियारले छानबिन थालेको छ । आवश्यक पूर्वाधार नबनाइ इम्बोस्ड नम्बर प्लेटमा झन्डै १ अर्ब भुक्तानी भएको छ । देशमाथि ठूलै घात भएको छ यसमा । यातायातका कर्मचारीदेखि सचिवरमन्त्रीसम्म इम्बोस्डमा कमिसनको खेलमा लागेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार इम्बोस्ड नम्बर प्लेटको भुक्तानीको अनियमिततामा यातायातका पूर्वमहानिर्देशकहरू रूपनारायण भट्टराई, गोगनबहादुर हमालदेखि डा। टोकराज पाण्डेसम्म संलग्न छन् । रूपनारायण भट्टराई, गोगनबहादुर हमाल, डा। टोकराज पाण्डे, सुरेश राउत, नारायणप्रसाद भट्टराईलगायतका तत्कालीन डिजी इम्बोस्डको भुक्तानी जोडिएका हुन् । उनीहरुको पालामा इम्बोस्ड नम्बर प्लेटको करोडौं भुक्तानी भएको थियो । यसमा ठूलै कमिशनको खेल भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अहिलेका डिजी उद्धवप्रसाद रिजालले समेत एलसी खोलेर भुक्तानी दिन प्रक्रिया अगाडि बढाएका छन् । तर, अख्तियारले पत्र काटेपछि दिने प्रक्रियामा रहेको ५ करोड रुपैयाँ भुक्तानी बाटैमा रोकिएको छ । यसले इम्बोस्ड नम्बर प्लेटका माफियाहरुलाई समस्यामा पारेको छ । उनीहरु भित्र भित्र नयाँ खेलमा सक्रिय भइसकेका छन् ।

इम्बोस्ड नम्बर प्लेटमा मुख्य पात्र प्राविधिक उपसचिव रामचन्द्र पौडेल हुन् । हरेक भुक्तानीमा उनी जोडिएका छन् । इम्बोस्ड भुक्तानीमा २० प्रतिशत कमिसन आउने भएकाले जोखिम मोल्न तयार हुने कर्मचारी त्यसमा लागि हाल्छन् । तर, देशको भाषा नै लोप बनाउने ग्रान्डडिजाइनका मतियारहरु अर्बको खेलमा लागेको खुलिसकेको छ । जो जो यो खेलमा लागे उनीहरु अख्तियारको फन्दामा पर्ने भएका छन् । इम्बेस्ड नम्बर प्लेटका मतियारहरु धमाधम जेल जाने गरी अख्तियारले तयारी गरेको बुझिएको छ । यो विषयले नेपाली भाषा संस्कृतिमाथिको आक्रमणको धेरै तथ्य थप उजागर हुँदै जाने देखिएको छ ।