गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा ३७ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन

११ असार २०८१, मंगलवार

सन्तोष प्रसाद जोशी 

बाजुरा-आर्थिक बर्ष २०८१/८२ को लागि बाजुराको हिमाली गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।स्वास्थ शिक्षा कृषि जडिबुटी पर्यटन र पुर्बाधार औधोगिकरण सुशासन समृद्धि हिमालिको आधार भन्ने मुल नाराका साथ दोश्रो गाउँ सभा तथा १४ औं अधिबेशन आईतवार देखि सुरु भएको छ । गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले नीति तथा कार्यक्रम  प्रस्तुत गर्नुभयो ।आजको लगानी बोट,भोलिको प्रतिफल नोट भन्ने नाराका साथ हिमाली गाँउपालिकाले संचालन गर्दै आएको खाध्य सुरक्षाका लागि बृक्षारोपण कार्यक्रम मार्फत उपलब्ध गराउदै आएको र खाध्यान्नको सट्टा फलफुल उत्पादनमा ढुवानीमा बजारिकरणमा अनुदानको ब्यबस्था मिलाईने बताउनुभयो ।

आर्थिक विकास तर्फ कृषकहरुलाई व्यवसाय अनुसारको अनुदान उपलब्ध गराईने बताउनुभयो । एक घर, एक टनेल हाउस उपलब्ध गराईने, कृषि बाली बिमा निःशुल्क गराईने, पालिका स्तरमा कृषि संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरी सञ्चालन गरिने भएको छ । बोर्ता गाउँ बोल्डिक बच्छ्या जोखिम बस्तिलाई उद्दार गर्न बजेट ब्यबस्थापन  गरिने उहाँले बताउनुभयो ।बालबालिकाकालाई पोषण सम्बन्धि ब्यबस्था मिलाईने उहाँले बताउनुभयो ।आन्तरिक र बाह्य पर्यटनलाई प्राथमिकता दिने बताउनुभयो ।समाजमा परम्परागत देखि मनाउदै आएका धार्मिक तथा साँस्कृतिक चाडपर्वहरु मनाउन आवस्यक बजेटको प्रबन्ध मिलाईने बताउनुभयो ।
स्थानिय बाजाको संरक्षण र परम्परागत पोशाकका लागि आवश्यक बजेटको ब्यबस्था गरिने समेत बताउनुभयो ।घरभित्रको धुवालाई कम गर्न सुधारिएको चुलो जडान कार्यलाई अभियानको रुपमा संचालन गरिने बताउनुभयो ।त्यस्तै हिमाली गाउँपालिकालाई हरियाली बढाऔं खडेरीबाट मुक्त होऔं भन्ने मुल नारालाई आत्मसात गरि बजेट छुट्याउने बताउनुभयो । कर्मचारी र जनप्रतिनिधिको क्षमता बिकासका लागि समय सापेक्ष तालिम संचालन गरि कार्य क्षमताका आधारमा पुरुस्कृत र दण्डको ब्यबस्था गरिने उहाँले बताउनुभयो ।जगन्नाथ गाउँपालिकाको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रको बिकासका लागि नेपाल सरकार, रास्ट्रीय तथा अन्तरास्ट्रिय गैरसरकारी संघसंस्था र दातृ निकायसंग समन्वय गरिने बताउनुभयो ।
रैथाने बालिलाई संरक्षण गर्दै आफुलाई चाहिने बीउ आफै उत्पादन गर्ने जसमा रैथाने बालीहरु फापर,चिनो, कागुनो, मार्स्या लगायत अन्य बालिलाई उत्पादनका कार्यक्रम ल्याईने बताउनुभयो ।उन्नत जातका गाई भैंसी बाख्रा भेडा च्याङग्रा मत्स्यपालन ब्यबसायमा आत्मनिर्भर बनाउने बताउनुभयो ।घुम्ती सिबिर सन्चालन गर्ने उहाँले बताउनुभयो ।हिमाली गाउँपालिकाको पाडिलाई छुट्टै वडा बनाउने उहाँले बताउनुभयो ।राजस्व संकलन गर्न सफ्टवेयर र प्रत्येक वडा कार्यालयमा ईन्टरनेटको सुबिधा उपलब्ध गराउने उहाँले बताउनुभयो ।मर्यादा पालन सम्बन्धि विबिध विषयमा कडा नियम बनाईने उहाँले बताउनुभयो ।

राजस्व परिचालन तर्फ कर प्रणालीलाई राजस्व वृद्धि गर्नका लागि करदाता शिक्षा लगायत जनचेतना मुलक क्रियाकलाप सन्चालन गरिने बताउनुभयो ।जडिबुटी उत्पादन, संकलन र प्रशोधनका साथै बजारीकरणको ब्यबस्था गरि राजस्वमा वृद्धि गराउने बताउनुभयो ।गाउँपालिका क्षेत्रभित्र उत्खनन हुने बालुवा , गिट्टी लगायत अन्य प्राकृतिक श्रोतको राजस्व दर निर्धारण गरि राजस्व संकलन कार्यमा प्रभाबकारी बनाईने बताउनुभयो ।सुरक्षा निकाय र वन उपभोक्ता समितीसंग समन्वय गरि राजस्व संकलन गर्न कर्मचारी तथा स्थानीय तथा स्थानिय स्वयंसेवक परिचालन गर्ने ब्यबस्था मिलाईने बताउनुभयो ।उन मिसनका लागि भेडा प्रबर्द्धन कार्यक्रम बाख्राको साना ब्यबसाय उत्पादन पकेट बिकास कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।शिक्षा तर्फ गुणस्तरीय शिक्षा र प्रबिधिमा आधारित शिक्षा बिकासका लागी सबै सामुदायिक बिध्यालयहरुमा ईन्टरनेट सेवा उपलब्ध गराई डिजिटल शिक्षामा जोड दिने गरि बजेट ब्यबस्थापन गरिने उहाँले बताउनुभयो ।

ईडिएफ तथा बिध्यालयका सम्पुर्ण शिक्षकहरुको क्षमता बिकासका लागि मेन्टरिङ सुपरिवेक्षण र पुनर्ताजकि तालिम संचालन गरिने छ ।स्वास्थ्य तर्फ गुणस्तरीय स्वास्थ सेवा पुर्‍याउनका लागि सबै समुदायका स्वास्थ्य चौकि तथा आधारभुत स्वास्थ सेवामा ईन्टरनेट सेवा जडान कार्य भएको र टेलिमेडिसिन सेवा सुचारु गर्ने गरि आवस्यक कार्य गर्ने बताउनुभयो ।संस्थागत सुत्केरी गराउनका लागी थप बामु,बोर्ता क्युडी र पौडिमा बर्थिङ सेन्टर चलाउने गरि जनशक्ति ब्यबस्थापनमा जोड दिने उहाँले बताउनुभयो ।म मेरो स्वास्थ र मेरो जिम्मेवारी भन्ने नारालाई अंगिकार गर्दै हिमाली गाउँपालिकालाई सबै वडामा स्वास्थ बिमा गर्न जनतालाई प्रोत्साहित गरिने बताउनुभयो ।बजेटका लागि दफाबार छलफल सोमबार १० गते हुने उहाँले जानकारी दिनुभयो ।भकारो सुधारलाई प्रभाबकारी बनाईने पनि हिमाली गाउँपालिकाले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३७ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन पेश गरेको छ।
त्यस्तै सोमबार बसेको हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा चौधौं अधिवेशन मार्फत उपाध्यक्ष राजकला सार्कीले बजेट प्रस्तुत गर्नुभएको हो । आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम कार्यान्वयनको गर्नका लागि अनुमान बजेट पेश गरिएको हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताउनुभयो ।

संघीय सरकारबाट हस्तानतरण  शसर्त अनुमान रु. १३ करोड २४ लाख ७० हजार प्रदेश सरकार हस्तान्तरण शसर्त अनुमान रु. ७० लाख ५० हजार संघीय सरकार समानिककरण अनुदान रु. ७ करोड ७० लाख प्रदेश सरकार समानिकरण अनुदान रु. ६३ लाख ५९ हजार संघीय सरकारबाट राजस्व बाडफाट रु.८ करोड ७४ लाख प्रदेश सरकारबाट राजस्व बाटफाट रु. ८ लाख ५९ हजार संघीय विशेष अनुदान १ करोड २७ लाख ७६ हजार गाउँपालिकाको आन्तरिक राजस्व अनुमान रु. ४७ लाख ५० हजार गत वर्षको बैंक मौज्दात रु.१ करोड ७८ लाख ४२ हजार गाउँ सभामा उपाध्यक्ष कार्कीले पेश गर्नु भएको छ।आर्थिक वर्ष २०८१/०८२ को चालु तर्फ रु.२२ करोड १४ लाख ५४ हजार पुजीगत तर्फ रु.१३ करोड १३ लाख ३५ हजार अल्या तर्फ रु.२ करोड २५ लाख ९१ हजार बजेट सभाबाट पारित गरेको छ ।