© २०२३
अर्घाखाँची, ८ असार । देशभरिका स्थानीय तहमा नयाँ आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत हुन सुरु भए संगै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले पनि नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नयाँ आथिृक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
छत्रदेव गाउँपालिकाको १८औं अधिवेशनबाट गाउँपािलका अध्यक्ष श्रेष्ठले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुनु उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाको विकास सुशासन र समृद्धि लाई प्राथमिकतामा राखेको बताएका छन्। गाउँपालिका भित्र रहेका असहाय गरिब दुखी र बिरामीलाई बिशेष सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ यस्तै शिक्षालाई प्रविधिमैत्री र गुणस्तीय बनाउने र नागरिकका समस्या समाधानका लागि यो नीति तथा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा संसद्कै झल्को दिने गरि पालिका भित्रका सबै वडा टोलका स्थानीयवासीलाई समेटेको उनले बताए ।