© २०२३
काठमाडौं, २८ चैत्र । ठमेलको ऐतिहासिक कमलपोखरीको जग्गा खोज्न सर्वोच्च अदालतले आदेश दिएको छ । जग्गा माँसेर निर्माण गरिएको भवनहरु यो आदेशसँगै कुनैपनि बेला भत्काउने अवस्था बन्ने देखिएको छ ।
सर्वोच्च अदालतले कमलपोखरी रहेको तथ्यको व्याख्या गर्दै हडपिएको जग्गा खोज्न आदेश दिएपछि तरंग नै आएको छ ।
अदालतको आदेशमा कमलपोखरीको जग्गा २६ रोपनी रहेको र त्यसको खोजी गरी जानकारी दिनुपर्ने उल्लेख छ । अब कमलपोखरीको जग्गा कहाँ कहाँ छ भन्ने तथ्य जिम्मेवार निकायले दिनुपर्नेछ ।