© २०२३
एजेन्सी, ६ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई सांकेतिक रुपमा चेतावनी दिएका छन् । उनले उत्तर कोरियामाथि सुरक्षासम्बन्धी सम्झौता गरेर चेतावनी दिएका हुन् । यो सम्झौतापछि उत्तर कोरियामाथि कुनै देशले आक्रमण गरेमा रुसले पनि आक्रमण गर्नेछ त्यो देशलाई । त्यसो त नाटो सदस्यराष्ट्रमाथि हमला गरे अमेरिका, बेलायतलगायत देशले प्रतिकार मात्र गर्ने छैनन् आफ्नो भूमिमा आक्रमण गरेसरह बुझेर प्रत्याक्रमण गर्नेछन् । यसकारण पनि नाटो सदस्यराष्ट्रमाथि हमला गर्ने साहस कुनै देशले गर्न कठिन छ । नाटोमा अमेरिका, बेलायत र फ्रान्स आणविक शक्तिसम्पन्न देश हुन् । जर्मनी पनि बलियो देश हो ।
नाटो जस्तै रुससँग नजिक देशको एलाइन्स छ । ती देशहरुमा पनि हमला गर्ने साहस अमेरिकालगायत देशले गर्दैनन् । कारण हो ती देशमा हमला गरे रुसले पनि प्रत्याक्रमण गर्छ । बुधबार मात्र रुस र उत्तर कोरियाबीच एक अर्कामाथि कुनै देशले हमला गरे मिलेर प्रत्याक्रमण गर्ने सम्झौता भएको छ । यसको अर्थ उत्तर कोरियामाथि कसैले हमला गरे रुसले प्रत्याक्रमण गर्नेछ । उत्तर कोरियामाथि हमला गर्ने धम्की अमेरिकाले दिदै आएको छ । उसको उत्तर कोरियासँग निकै चीसो सम्बन्ध छ । यदि अमेरिकाले हमला गरिहाले रुसले प्रत्याक्रमण गर्नेछ । त्यो अवस्थामा आणविक युद्ध हुनसक्छ ।