© २०२३
सन्तोष प्रसाद जोशी, बाजुरा
भौगोलिक विकटताले पछि परेको स्वामिकार्तिक खापर गाउँपालिका पछिल्लो समय तरकारी तथा फलफुलमा मनग्य आम्दानी गर्दै आईरहेको छ ।बिगत लामो समयदेखी पालिकाको सबै क्षेत्रमा स्याउ, ओखर ,प्याज आलु टमाटर खेती फस्टाउँदै गईरहेको छ ।पालिकाको वडा नं १ देखि पाँचै वडाका माथिल्लो भेगका जोरु,लोथी, जेवाल्या,सैदेव मुसेईलापानी टुङ्नी जमल धारा लगायतका क्षेत्रमा स्याउ ओखर लगायतका थुप्रै फलफुल उत्पादन हुने गरेको छ ।
त्यस्तै हिजो आजको सिजनमा मात्रै तल्लो क्षेत्रको बाहुनीमा साढे ६ टन प्याज उत्पादन भएर खरिद बिक्रि भएको छ ।डि बि एस बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी फर्मले खरिद गरेर सुर्खेत हुँदै नेपालगन्ज बिक्रि बितरण गर्ने पालिकाले लक्ष्य लिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाको भनाई छ ।सधै गरिबिको रेखामुनी रहेको स्वामिकार्तिकमा कृषि क्षेत्रमा उर्वर भुमी रहेको बताउनुभयो । धेरै सम्भावना बोकेको स्वामिकार्तिकमा कृषि पकेट क्षेत्रमा यहाँका नागरिकको जनजीवन माथी उकास्न र आत्म निर्भर हुने खालको बजेट बनाई पालिकालाई समृद्धि बनाउन सबैको चासो र लगाब हुनुपर्ने बताउनुभयो ।
पालिकाको बाहुनिदेखि पिलुचौरसम्म गाउँपालिकाले ढुवानीमा अनुदान २० हजार खर्च र पिलुचौरदेखि सुर्खेत नेपालगन्ज सम्म कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा ढुवानी गर्ने डि बि एस बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी फर्मका सन्चालक बिरभान बिकले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो पहिला गाउँमा गाडी नपुगेर प्याज कुहिने तथा आफन्तलाई नासो गर्नुपर्थ्यो आजभोली मोटरेबल बाटो पुग्दा स्थानीयकालाई सजिलो भएको उहाँले बताउनुभयो । गत आर्थिक बर्षमा मात्रै बाहुनीमा ३० टन प्याज उत्पादन भएको थियो ।