© २०२३
काठमाडौं, १ असार । नेपालले क्रिकेट विश्वकपमा दक्ष्ँिण अफ्रिकामाथि ऐतिहासिक जित निकाल्ने अवसर गुमाएको छ । शनिबार भएको प्रतिष्पर्धामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्ने अवस्था बनेपनि अन्तिम दुई बलमा कुनै रन नबन्दा नेपाल पराजित भएको हो । नेपालले दक्षिण अफ्रिकालाई जित्न दुई बल बाँकी रहँदा दुई रन बनाए पुग्थ्यो । तर, गुल्सन झाले रन बनाउन सकेनन् ।
नेपालका क्रिकेट स्टार सन्दीप लामिछाने समावेश भएको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । दक्षिण टअफ्रिकालाई नेपाली बलरहरुले ११६ रनमै सिमित पारेका थिए ।
नेपाली ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई ऐतिहासिल जित दिलाउने अवस्था बनाएका थिए । क्रिकेट स्टारले भरिएको दक्षिण अफ्रिकासामु नेपाली खेलाडीहरु उच्च मनोबलले खेलेका थिए ।