© २०२३
सन्तोष प्रसाद जोशी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिमा नुनको अभाव भएको छ ।गाउँपालिकाको केन्द्र सुईजिउला र मुक्तुकोट बितरण केन्द्रमा नुनको अभाव भएको हो ।बिगत ३ महिनादेखि सो केन्द्रमा नुनको अभाव भएको व्यवसायी दान बहादुर रावलले जानकारी दिनुभएको छ ।बितरण केन्द्रमा नै नुनको अभाव हुँदा नागरिकलाई सास्ती भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो अनुदानको नुन अभावले पिलुचौर बजारमा बेच्न राखिएको महंगो नुन खान बाध्य भयौं अब त बजार भरी खोजेपनी नुन नपाईने गरेको उहाँले बताउनुभयो ।हिमाली गाउँपालिकाबाट अध्ययनका लागि त्यहाँ गएका बिध्यार्थी बिकास रोकायाले दुई दिन सम्म पनि नुन नपाएको उहाँले गुनासो गर्नुभयो ।समय समयमा अभाब भैरहने कोल्टी डिपोमा पनि अभाब भएको छ ।
गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार संघ र प्रदेश सरकारसंग समय समयमा आग्रह गर्दा पनि नुन दिन नमानेको बताउनुभयो । गएको आर्थिक बर्षमा ५ सय क्विन्टल नुनु दिने सरकारको लक्ष्य थियो तर ४ सय क्विन्टल मात्रै नुन आएको उहाँले बताउनुभयो ।नेपाल सरकारद्वारा सहुलियत दरमा बिक्री वितरण हुँदै आएको आयोडिन नुन सुईजिउला र मुक्तिको डिपो बिक्री केन्द्रमा बिगत ३ महिनादेखी नुन छैन । करिब ३ महिनादेखि ती बिक्री केन्द्रमा ताला लगाइएको छ।