© २०२३
एजेन्सी, २८ चैत्र । बेलायतका एकजना सांसद हनी ट्रयापमा परेपछि राजनीतिक भविष्य नै समाप्त भएको छ । उनी बेलायतको उच्च नेतृत्वमा पुग्ने भविष्य बोकेका सांसद मानिन्थे । तर, सामाजिक सञ्जालमार्फत् हनी ट्रयापमा परेकाले राजनीतिक भविष्य नै समाप्त भएको हो ।
सांसद विलियम रागले प्रतिष्ठित ब्याकबेन्च भूमिका र कमन पब्लिक एडमिनिस्टर र संवैधानिक मामला कमिटिीबाट राजीनामा दिइसकेका छन् । उनी अब स्वतन्त्र सांसदको हैसियतमा मात्र रहनेछन् । उनले अर्को चुनावमा उम्मेदवार नहुने भएका छन् ।
ती सांसदसँग सामाजिक सञ्जालमार्फत् हनी ट्रयापको गिरोहले खटाएको युवतीले अन्य सांसदको व्यक्तिगत नम्बर मागेकी थिइन् । उनले केहीको नम्बर दिएको स्वीकारेका छन् । तर, लगातार नम्बर माग्न थालेपछि शंका लागेर नदिएको बताएका छन् ।
बेलायतमा कसैको व्यक्तिगत विवरण विना स्वीकृती दिन पाइँदैन । त्यसलाई गम्भीर विषयका रुपमा लिइन्छ ।