© २०२३
काठमाडौं, २८ जेठ । नरेन्द्र मोदीको भारतको २०औं प्रधानमन्त्रीका रुपमा सपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पनि आइतबार दिल्ली गए । उनले आइतबार राति नै मोदीसँग भेटवार्ता गरे । दुई नेताबीचको भेटमा साथ साथ विकासमा बढ्नेबारे छलफल भएको बुझिएको छ ।
प्रचण्डले सोमबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे । भेटमा दुई देशबीचको सहकार्यका बारेमा छलफल भएको जनाइएको छ ।
मोदी तेस्रोपटक प्रधानमन्त्री भएपछि प्रचण्डले सहकार्यका क्षेत्रबारे पनि छलफल गरेको बुझिएको छ ।
प्रचण्डले बँगलादेशकी प्रधानमन्त्री शेख हसिनालगायत विभिन्न देशका नेतासँग पनि अनौपचारिक भेटहरु गरेका थिए ।