© २०२३
काठमाडौं, २७ चैत्र । संसद सुचारु गर्नेबारे बालुवाटारमा दुई घण्टा छलफल चल्यो मंगलबार । प्रधानमन्त्री प्रचण्डले डाकेको बैठकमा शीर्ष नेताहरु सबैजसो पुगेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापा पनि सहभागी थिए ।
बैठकमा ओली
गृहमन्त्री रवि लामिछानेको बचाऊमा लागे । रविविरुद्ध नेपाली काँग्रेस खुलेरै लागेकोमो आलोचना गरे । उनलाई सहकारी ठगीको आरोपी भन्दै कारबाहीको माग गर्दै आएको छ । रविमाथि संसदीय छानविन बनाएर बढ्नुपर्ने काँग्रेसको माग छ । यहीबारे बालुवाटारमा छलफल भयो । काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समिति बनाउन प्रस्ताव राख्दा रविले आरोप लाग्दैमा पद छाडिहाल्नुपर्ने हो ? भनेका थिए ।
रविलाई रोकेर ओली बोल्न थाले । उनी एक घण्टा बोलेको बोल्यै गरे । काँग्रेसले पूर्वाग्रही भएर रविको विरुद्ध लागेको आरोप लगाए । उनले समिति बनाउने विषयको विरोध गरे ।
बालुवाटारमा ओली पूरै रविको बचाऊमा लाग्दा आफ्नो विश्वासपात्र उनी नै हुन् जसरी प्रस्तुत भए । यो देखेर काँग्रेस नेताहरु ओली र रवि जोड्ने तन्तुको खोजीमा लागेका छन् ।