© २०२३
एजेन्सी, २२ जेठ । भारतमा सत्तारुढ भारतीय जनता पार्टी लोकसभा चुनावमा अगाडि रहेपनि विपक्षीले कडा चुनौती दिइरहेका छन् । प्रारम्भिक मतगणनामा भाजपा र उसको गठबन्धन बलियो अवस्थामा देखिएको छ । तर, २०१९ को चुनावी नतिजाभन्दा कम स्थान आउने अवस्था बनेको छ ।
मतगणनामा ठूला राज्यहरुमा भाजपाले अग्रता लिइरहेको छ । तर, चुनावी प्रक्षेपणमा आँकलन गरेभन्दा मोदीको भाजपाले कम स्थानमा अग्रता हासिल गरिरहेको छ ।