© २०२३
काठमाडौं, २० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक जीत हासिल गर्ने एक्जिट पोलले देखाएको छ । उनी चुनावको अन्तिम चरणमा ध्यानमा लिन थिए । कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घन्टा ध्यानपछि मोदी दिल्ली पुगेका छन् ।
दुई कार्यकाल प्रधानमन्त्री बनिसकेका मोदी आगामी कार्यकालको योजनाको तयारी गर्न थालिसकेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले आइतबार नै सातवटा बैठक राखेका छन् । ती बैठकहरु अबको सय दिनमा बनाउने योजनाबारे केन्द्रित हुनेछ ।
मोदीले अघिल्लो कार्यकालको समिक्षा गरी नयाँ सरकारका लागि भावी रणनीति बनाउने गरी बैठकहरु राखेको बताइएको छ ।
मोदीको दल भारतीय जनता पार्टी र उसका गठबन्धनले लोकसभा चुनावमा दुई तिहाई मत ल्याउने एक्जिट पोलले देखाइसकेको छ । यसकारण पनि मोदी निकै उत्साही देखिएको जनाइएको छ ।