© २०२३
काठमाडौं, १९ जेठ । दरबार हत्याकाण्ड अर्थात् तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुनेगरी भएको हत्याकाण्ड । १९ जेठ २०५८ मा भएको उक्त हत्याकाण्ड २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ ।
हत्याकाण्डमा सरकारी छानविन समितिले तत्कालीन युवराज दिपेन्द्र शाहलाई दोषी ठहराएको छ । दिपेन्द्रले हत्या गरी आफूले आत्महत्या गरेको छानविन समितिको रिपोर्ट छ । तर, अझैपनि सर्वसाधारण यसलाई मान्न तयार छैनन् ।
हत्याकाण्डमा वीरेन्द्र, उनकी पत्नी ऐश्वर्या, छोरा निराजन, छोरी श्रुतीका अलावा राजपरिवारका नातेदार शान्ति राज्यलक्ष्मी शाह, जयन्ती शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाह मारिएका थिए । उनीहरु सबै दिपेन्द्रको फायरिङबाट मारिएको प्रतिवेदनमा भनिएको छ ।
उक्त घटनामा पूर्वरानी कोमल शाहका अलावा दरबारका नातेदार शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
हत्याण्डले नेपालमा राजतन्त्र अन्त गर्ने मार्ग तयार गरेको थियो । त्यसपछि राजा भएका ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा भए ।