ट्रम्पको मिडिया कनेक्शन, सल्लाहकारदेखि राजदूतसम्म मिडियाकर्मी काठमाडौं महानगरको जरिवाना नीतिबाट एमालेलाई १ लाख, ९० लाख सङ्कलन नेकपाको ११औं वार्षिकोत्सवमा जनसभा विप्लवको विशेष सम्बोधन धरहरा चढ्ने शुल्क दुई सय देखि हजार सम्म प्रचण्डबाट आजित भएर कांग्रेस-एमाले मिल्यो: काँग्रेस प्रवक्ता महत महत पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि उपनिर्वाचनमा साना दललाई सकस गृहमन्त्री लेखकसंग एसएसबी प्रमुख को भेट प्रधानमन्त्रीको आसन्न चीन भ्रमण बारे संसदीय समिति निर्णायक छलफलमा न्यायको आवाजलाई सशक्त बनाउँदै शिव नेपाली पोखरामा २८ दिन देखि धर्ना जारी सांसद बजगाईंको आरोप विरुद्ध मन्त्री पाण्डेको कडा प्रतिक्रिया, प्रमाणित भए राजनीति छोड्छु खोरमा थुन्दैमा बाघ स्याल हुँदैन : रवि लामिछाने मानव तस्करीकाे आरोप लागेका एमाले नेता लिलाबल्लभ अधिकारी थप ७ दिन हिरासतमा सडक सुरक्षा मजबुत बनाउन क्षमता भन्दा बढी यात्रु बोक्न नदिन गृहमन्त्री लेखकको निर्देशन रवि लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही पुर्‍याइए, १४ करोड अपचलनकाे अनुसन्धान हुँदै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु जनअपेक्षाअनुसार चल्न सरकारलाई कांग्रेस नेता महरकाे चेतावनी ओली सरकारका १०० दिन प्रगति विवरण आज सार्वजनिक हुँदै टीआरसी पदाधिकारी सिफारिस समिति पुनर्गठन मन्त्रिपरिषदका २३ महत्वपूर्ण निर्णय तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा महत्त्वपूर्ण बैठक सुरु प्रधानमन्त्री ओली र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट, विपी राजमार्ग पुनः निर्माणबारे छलफल बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापन कार्य छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली जनार्दन शर्मा र विप्लवको कपिलवस्तुमा भेट, माओवादी एकता हुन सक्ने नयाँ संकेत सुदूरपश्चिम माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी तोकियो दशैं सुरक्षामा कडाइ, सडक दुर्घटनाबाहेक अन्य घटना शून्य : प्रहरी प्रवक्ता परिवारसँगको सान्निध्य र समाजको अध्ययन गर्ने अवसर हो दशैं सादगी, परोपकार र उद्योगको सशक्त स्तम्भ रतन टाटाको अवसान प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन नेपाल नयाँ शीतयुद्धको इपिसेन्टर बन्ने खतरा: प्रचण्ड ट्याङ्करमा लुकाई ३९२ किलो गाँजा ओसारपसार: मकवानपुर प्रहरीले पक्राउ गर्‍यो काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु, दसैँअघि सर्वसाधारणलाई आपूर्ति बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ’ मेलम्चीको पानी काठमाडौं आइपुग्ने, संघर्ष समिति र सरकारबीच सहमति “प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपद्वारा पाँच करोड सहयोग, अन्य संस्थाहरूबाट थप ५ करोड” प्रधानमन्त्रीलाई तत्काल विपत् व्यवस्थापन गर्न माओवादी केन्द्रको ध्यानाकर्षण प्रधानमन्त्री उद्धार कोषमा एमालेद्वारा ५० लाख सहयोग हस्तान्तरण गृहमन्त्री लेखक द्वारा विपद् पीडितका लागि तात्कालिक राहत र उद्धारको प्रतिबद्धता बागमती सरकार द्वारा विपद् प्रभावित ४५ पालिकालाई ५ करोड ८० लाखको राहत वितरण गर्ने निर्णय गरिबीको चक्र तोड्दै रौतहटका शितांशु सिंहको प्रेरणादायक यात्रा प्रधानमन्त्री उद्धार कोषमा एकैदिन तीन करोड पैंतीस लाख सहयोग हस्तान्तरण, अझै थप अपेक्षा यात्रुको सहजता सुनिश्चित गर्न मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छ : मन्त्री पाण्डे विपद्को समयमा सरकारको भूमिका कमजोर: नेता बस्नेतद्वारा उद्धार र राहतमा गम्भीर ध्यानाकर्षण प्राकृतिक विपद्पछिको यातायात संकट समाधान गर्न माओवादी अध्यक्ष दाहालद्वारा व्यवसायी र मजदुरसँग समाधानका लागि छलफल नेपाल-बङ्गलादेश-भारत त्रिपक्षीय सम्झौता ऊर्जा निर्यातमा नेपालको ऐतिहासिक पाइला, आर्थिक समृद्धिको नयाँ युग प्रधानमन्त्री ओली र बङ्गलादेशका मन्त्री हसनबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्य विस्तारमा छलफल बडा दसैँ सुरु, आज घटस्थापनामा घरघरमा जमरा राखिदै नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा, कागजात बरामद बाढीपहिरोको कहर १७ अर्बको विनाश, पुनर्निर्माणमा सरकारको परीक्षा कर्णाली प्रदेशद्वारा बाढीपहिरो पीडितलाई ५० लाख सहयोग

साताव्यापी कार्यक्रम गरी विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

१८ जेष्ठ २०८१, शुक्रबार

काठमाडौँ, १८ जेठ। “खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ” भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस, २०८१ मनाउने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि ७ जुनका दिन विश्वभरि विविध कार्यक्रमका साथ विश्व खाद्य स्वच्छता दिवस मनाउन लागिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । खाद्य स्वच्छताको महत्वलाई आम जनमानसमा पुर्‍याउन विभागले सोह्र वर्षअघि २०६५ देखि खाद्य स्वच्छता दिवसको अभियान सुरु गरेको थियो ।

अभियानलाई समर्थन हुने गरी खाद्य तथा कृषि सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन ७ लाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरी सन् २०१९ देखि हरेक वर्ष ७ जुनका दिन विश्वभरि विविध कार्यक्रमका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२२ को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष प्रत्येक १० मध्ये एक जना व्यक्ति दूषित खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेको र ४ लाख २० हजार मानिसको मृत्यु हुने गर्दछ ।

जीवनाशक विषादीको अवशेष, भेटेरिनरी ड्रगको अवशेष, ढुसीजन्य विष, हेभि मेटल लगायतका हानिकारक तत्त्वको उपस्थिति एवं रोगजन्य सूक्ष्म जीवाणुहरूको सङ्क्रमण कारण खाद्य पदार्थ दूषित भई आर्थिक एवं मानवीय क्षतिको जोखिम रहन्छ । यस प्रकारका विभिन्न जोखिमबाट हुन सक्ने अप्रत्याशित अवस्थाको पूर्व तयारी गर्न खाद्य स्वच्छतामा लगानी अभिवृद्धि गर्दै जोखिम न्यूनीकरणका लागि खाद्य शृङ्खलाको प्रारम्भिक उत्पादन देखि प्रशोधन, सञ्चयन, ढुवानी, बिक्री वितरण र उपभोगसम्मको प्रत्येक चरणमा संलग्न सबै सरोकारवालाको अहम् भूमिका रहने विभागले जनाएको छ ।

नेपालको संविधानले मौलिक हक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको हकको व्यवस्था गरेको छ । तसर्थ खाद्य स्वच्छता र गुणस्तरीयताको नियमन कार्यलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन सङ्घीय संसद्ले “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी गरेको छ । ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानुनी व्यवस्था गरेको छ ।

यसै सन्दर्भमा खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ भन्ने नाराका साथ जेठ १९ देखि २५ गतेसम्म सप्ताहव्यापी रूपमा खाद्य स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर मनाउन लागिएको प्रवक्ता महर्जनले जानकारी दिए । उनका अनुसार ३ जुन २०२४ मा खाद्य तथा दाना उद्योग दर्ताको सिफारिस तथा उद्योग अनुमति पत्र जारी तथा नवीकरण कार्यलाई अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्न नेपाल कृषि बजार विकास कार्यक्रमको प्राविधिक सहयोगमा विकसित नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्स सिस्टमको शुभारम्भ हुने भएको छ ।

विभाग र मातहतका कार्यालयहरूबाट दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, मासुजन्य पदार्थ, तरकारी फलफूल, होटेल रेस्टुरेन्ट, स्ट्रिट फुड्स लक्षित विशेष अनुगमन निरीक्षण, विश्व खाद्य स्वच्छता दिवसको नारा तथा खाद्य स्वच्छता सम्बन्धी सूचना सन्देशका चेतनामूलक पर्चा पम्प्लेट प्रकाशन तथा प्रचार प्रसार, ६ जुन २०२४ मा विश्व स्वास्थ्य सङ्गठन तथा कोडेक्स ट्रस्ट फन्डको सहकार्यमा खाद्य स्वच्छता सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ । यसै गरी खाद्य प्राविधिक तथा पशु चिकित्सा सम्बन्धी कलेजहरूमा खाद्य स्वच्छता तथा प्रति जैविक प्रतिरोध सम्बन्धी सचेतना कार्यक्रम, स्वच्छतासँग सम्बन्धित सरोकारवालाहरू ९सरकारी निकाय, गैर सरकारी सङ्घसंस्था, शिक्षण सङ्घसंस्था, एवं उपभोक्ता हकहितसँग सम्बन्धी संघसस्थाहरु लगायत०को सहभागितामा विश्व खाद्य स्वच्छता दिवस, २०८१ को अवसरमा २५ जेठ ९७ जुन० गते बिहान ७ः०० बजे प्रभातफेरि कार्यक्रम रहेको विभागले जनाएको छ ।