© २०२३
काठमाडौं, १७ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा झन् सक्रिय बन्दै गएकी छिन् । उनले एमालेको सार्वजनिक कार्यक्रममा पनि सहभागिता जनाउन थालेकी छिन् । एमाले नेता कार्यकर्तासँग उनी नियमित सम्पर्कमा छिन् भण्डारी ।
एमालेको कतिपय कार्यक्रममा भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने गरेकी छिन् । विशेषगरी महिला भेलामा उनी सहभागी हुन्छिन् ।
एमाले जनसंगठन समन्वय संयन्त्रले पार्टीका २३ वटै जनसंगठनमा रहेका महिलाको भेला आयोजना गरेकोमा भण्डारी नै प्रमुख अतिथि भइन् यसहप्ता ।
एमालेको गोदावरी प्रतिनिधि भेलामा पनि भण्डारी सहभागी भइन् । उनलाई विशेष सम्मान पनि दिइयो ।
भण्डारी एमालेका दिवंगत महासचिव मदन भण्डारीकी पत्नी हुन् । उनी मदन भण्डारीको निधनपछि राजनीतिमा आएकी हुन् ।
लामो समय एमालेको केपी शर्मा ओली गुटमा रहेर राजनीति गरेकी उनलाई राष्ट्रपति बन्ने अवसर मिल्यो । उनी अहिले पनि ओलीनिकट छिन् ।
एमालेमा ओलीपछिको नेतामा ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेल प्रतिष्पर्धामा देखिन्छन् । तर, भण्डारी उनीहरुभन्दा प्रभावशाली छिन् । यसकारण पनि एमालेमा भावी अध्यक्षका रुपमा भण्डारीलाई नै प्रस्तुत गर्न थालिएको छ ।