© २०२३
काठमाडौं, १६ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिन हिरासतमा राखिएपछि सरकारी वकिलको कार्यालयको अनुमतीले छुटेका छन् । उनी बुधबार कार्यालयले बोलाएको बेला उपस्थित हुनेगरी छाड्ने अनुमति दिएपछि छुटेका हुन् ।
सिरोहियामाथि नागरिकता प्रकरणमा अनुसन्धान बढेको हो । अनुसन्धानका लागि भन्दै सिरोहियालाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।
सिरोहिया मंगलबार हेलिकोप्टरबाट उपचारका लागि भन्दै मेडिसिटी अस्पताल आएका थिए ।