© २०२३
काठमाडौं, १६ जेठ । गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशबाट पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएर सपथ लिएका हुन् ।
गण्डकीमा बहुमत सदस्यको समर्थन नभई मुख्यमन्त्री बनेको भन्दै सर्वोच्चले खगराज अधिकारीको नियुक्तिलाई संविधानविपरित ठहर गरेको थियो । योसँगै नेपाली काँग्रेसका पाण्डेको कमब्याक भएको हो ।