© २०२३
काठमाडौं, १४ जेठ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले यसपटक आश्चर्यजनक निर्णय लिए । उनी चीन भ्रमण तय भएपनि अन्तिम समयमा गएर गएनन् । एसका उपाध्यक्ष प्रमेश हमाललाई आफ्ना लागि आएको भ्रमण कोटामा पठाए ।
छेन्दु र तिब्बतको यात्रा समेत गर्ने उद्देश्यले जाने तयारी गरिरहँदा नजानुलाई चासोका साथ हेरिएको छ । यसलाई सत्तामा कुनै उलटपुलटको संकेतका रुपमा पनि हेरिएको छ ।