गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

पूर्व प्रधान न्यायधिश गोपाल पराजुलीले भनेः धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक

१२ जेष्ठ २०८१, शनिबार

भरतपुर, १२ जेठ । पूर्व प्रधान न्यायधिश गोपाल पराजुलीले धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंक भएको बताएका छन् । आज भरतपुरमा स्वयंसेवक संघ नेपालको संघ शिक्षा वर्ग–२०८१ को उद्घाटनको अवसरमा उनले धर्मनिरपेक्ष शब्द हिन्दू धर्मविरुद्धको प्रहारका लागि प्रयोगमा ल्याइएको टिप्पणी गरेका हुन् ।

जेठ ११ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने संघ शिक्षा वर्गको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पराजुलीले संविधानमा अङ्कित धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंकका रूपमा रहेको बताए ।
उनले नेपालको हिन्दू राष्ट्रको पहचिानलाई पुर्नस्थापित गर्न हिन्दू स्वयंसेवक संघ अपरिहार्य संगठन भएको बताए । संघको माध्यमबाट नेपाल राष्ट्र निश्चित रूपमा हिन्दू राष्ट्रको बाटोमा अगाडी बढेको उनको भनाई थियो ।

पराजुलीले हिन्दू धर्म दर्शनको महानतालाई विज्ञानले पनि सिद्ध गरिरहेको सन्दर्भमा ॐ शब्दको उत्पत्तिका बारेमा र यस शब्दको महत्वका बारेमा वैज्ञानिकहरूले समेत अनुसन्धान गरी संसारकै ओजस्वी शब्द मानेको उल्लेख गर्दै भने, ‘हाम्रो संविधानमा अङ्कित धर्मनिरपेक्ष शब्द संविधान भित्रको कलंकका रूपमा रहेको छ । त्यसलाई संविधानबाट हटाई हिन्दूराष्ट्र नेपाल बनाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हुनुपर्ने छ ।’

ब्रिटेनका प्रधानमन्त्री टोनी ब्लेयर क्याथोलिक कृश्चियन भएकै कारणले ३ महिनासम्म सपथ ग्रहण गर्न नपाएको इतिहास स्मरण गराउँदै पराजुलीले हिन्दू धर्म संस्कृति र देश विरुद्ध भईरहेका षडयन्त्रलाई बुझेर अब हामी सबैले देशको बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताए ।

प्रत्येक स्वयंसेवकले जस्तै आफ्नो स्वधर्म, स्व–संस्कृती, राष्ट्र, राष्ट्रियताको संरक्षण सम्वद्र्धनका लागि निरन्तर प्रयत्नशिल रहनु पर्ने आवश्यकता औंल्याउँद भने ‘यदि हामी अहिले सजग भएनौं भने हाम्रा आउने वाला सन्ततिले स्वतन्त्र भएर बाच्न पाउने अधिकार गुमाउने निश्चित देखिन्छ ।’ सचेतताका साथ हिन्दू जागरण र संगठित शक्ति आवश्यक रहेकोमा जोड दिए ।

प्राचिन नेपालको अभिलेख अनुसार पनि ‘यो देश प्राचिन राष्ट्र हो, सनातन–धर्मावलम्बीहरूको राष्ट्र हो, हिन्दू राष्ट्र नेपाल हो,’ उनले भने । अब शिक्षा क्षेत्रमा पनि व्यापक सुधारको आवश्यकता रहेको समेत बताए । विगतमा विभिन्न प्रलोभनमा परि ‘यस राष्ट्रका शिक्षाविद्हरू’ले शिक्षा नीति नै दुषित पारिसकेका प्रति पराजुलीले गम्भिर हुन आग्रह गरे