© २०२३
काठमाडौं, १२ जेठ । चीनले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै लामो समय नेपालसँगको सीमा नाका बन्द गरेकोमा खुलाइएको छ । सीमानाकामध्ये अझै ७ वटा पछि खुल्ने भएको छ ।
चीनले पूर्वको संखुवासभा नाका आदेखि पुनः खोलेको हो । यो नाका चार वर्ष बन्द गर्यो चीनले ।
कोरोना अघि चीनसँग १४ वटा सीमा नाका खुलाइएको थियो । त्यसपछि बन्द हुँदा नेपाललाई मार परेको थियो । शनिबारबाट ७ वटा परम्परागत नाका खुलेको घोषणा भएको छ । अझै ७ वटा नाका खुलाइने चिनियाँ राजदूतावासले जनाएको छ ।
रसुवागढी केरुङ, तातोपानी झाङ्मु, यारी पुरान र नेचुङ कोरला नाका चीनले क्रमशः खोल्यो । ताप्लेजुङको टिप्तला नाका शुक्रबारबाट खोलेको छ चीनले ।
चार वर्ष नाका बन्द गरेर चीनले पुनः खोलेको घोषणा गरेको छ बल्ल । तर, नाका बन्द हुँदा नेपाली सामान चीनतर्फ जान पाएन । नेपालले ठूलो आर्थिक क्षति व्यहोरिसकेको छ ।