© २०२३
काठमाडौं । सिन्धुपाल्चोक जिल्ला भरि यही जेठ १३ देखि १७ गते सम्म तपोलियो रोग विरुद्धको आई.पि.भी. (ईनएक्टिभेटेड पोलियो भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ । २०७३ बैशाख महिना देखि २०७६ असोज महिनासम्म जन्मिएका बालवालिकाहरुलाई सिन्धुपाल्चोक जिल्ला भर १४ हजार ९ सय १२ जनालाई पोलियो रोग विरुद्धको खोप लगाईने लक्ष्य रहेको छ । देशभरका जम्मा लक्षित बालवालिकाहरुको संख्या १४ लाख ६२ हजार ७ सय १२ जना रहेका छन ।
आज बुधावार भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनमा पोलियो रोग विरुद्ध आई।पि।भी खोप अभियान २०८१ सम्बन्धी जिल्ला स्तरीय पूर्ण खोप दिगोपना समन्वय समिति तथा सरोकारवालहरुको बैठक सम्पन्न भएको हो ।
जनस्वास्थ्य कार्यालयले पोलियो रोग रोकथामको लागि आई।पि।भी खोप अभियान तयारी तीव्र गतिमा अगाडी बढाएको छ । बालबालिकालाई पोलियो रोग लाग्नबाट बचाउनको लागि खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले बताएकी छन । २०७३ वैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालबालिकाले खोप नपाएको हुँदा यस पटक जिल्लाका १२ वटै स्थानीय तहमा खोप केन्द्र सञ्चालन गरि बालबालिकालाई खोप लगाइनेछ ।
यो जिल्ला भौगोलिक विकटता रहेको भएतापनि सुगम देखि दूर दराज सम्मका बालबालिकालाई नछुटाई खोप लगाउनु पर्नेमा जोड दिइएको छ । धेरै जसो बालबालिका विद्यालयमा भेटिने हुँदा त्यसलाई बढी प्राथमिकता दिनु पर्ने भन्दै विद्यालय बाहिर रहेकाहरूलाई पनि खोपको पहुँचमा ल्याउनु पर्ने जनस्वास्थ्य प्रमुख बजगाईंको भनाई छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारी, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रुमख प्रशासकीय अधिकृत पोषण लामिछाने, शिक्षा विकास तथा समन्वय ईकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण प्रसाद सुवेदी र चौतारा अस्पताल सिन्धुपाल्चोकका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारी लगाएत जनप्रतिनिधि जिल्ला स्थित सरकारी तथा गैर सहकारी संस्थाका प्रमुख,प्रतिनिधि लगाएत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।