© २०२३
सन्तोष प्रसाद जोशी, बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकाको अथक प्रयास पछि बाजुराको अति नै दुर्गम गाउँ मुक्तिकोटमा खाद्यान्न बिक्री वितरण सुरु गरिएको छ । गाउँपालिकाको वडा न . १ मुक्तिकोटका स्थानीयलाई खाद्यान्न बिक्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिएका छन् ।
नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले मुक्तिकोट बिक्री केन्द्रमा ५ सय क्विन्टल चामल आपूर्ति गरेर सोमवारबाट बिक्री वितरण सुरु गरिएको अध्यक्ष रोकायाको भनाई छ ।
अध्यक्ष रोकायाका अनुसार मुक्तिकोटबाट पायक पर्ने वडा नंः १ र २ का स्थानीयका लागि प्रति केजी ६६ रुपैयाँका दरले मोटा चामल बिक्री वितरण सुरु गरिएको बताइएको छ । मुक्तिकोटमा पहिलो चरणमा गत फागुनमा ५ सय क्विन्टल चामल आएकाे थियाे भने यस वर्षको काेटामा अहिले् पनि ५सय क्विन्टल चामल आपूर्ति गरेर बिक्री वितरण गर्न थालिएको अध्यक्ष रोकायाले बताएका छन् । खाद्यान्न बिक्री केन्द्र तोकिएको मुक्तिकोट बाहेक अन्य ठाउँबाट बिक्री गरिएको पाइएमा कारवाही गरिने उनको भनाई छ ।
आफू निर्वाचित भएर आइसकेपछि पटकपटक मन्त्रालय धाएपछि लामो अथक प्रयास पछि मुक्तिकोटमा बिक्री केन्द्र स्थापना गर्न सफल भएको अध्यक्ष रोकायाले बताएका छन् ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट पालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि ०७९ काे मङ्सिरमा मात्रै मुक्तिकोटमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको थियो । अध्यक्ष रोकायाले बिक्री केन्द्र मात्रै स्थापना गरेका छैनन् स्थानीयका लागि चामलको आपूर्ति गर्न पनि निरन्तर पहल गरिरहेका छन् । गाउँपालिकाको पहलमा नजिकैबाट चामल उपभोग गर्न पाएपछि स्थानीय खुसी समेत भएका छन् ।यस अगाडि नुनको बिक्री केन्द्र गाउँपालिकामा राखेको उनले बताए ।एक पछि अर्को काम निरन्तर जनतालाई सहज बाताबरण बनाउन आफू पछि नहट्ने बताएका छ्न ।