गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री ओली झापा माओवादी केन्द्रद्वारा : ‘ग्रीन दमक, क्लिन दमक’ अभियानको दोस्रो चरण सुरु राजावादीको आन्दोलनमा आगो भए दीपक सिंह रैथाने खानामा युवा पुस्ताको रुची गुम्दै, संकटमा आदिबासी जनजाती आदिवासी परम्परा र रैथाने बालीको संरक्षणमा एफएओको विशेष जोड : आदिवासी जनजातिको निर्णायक भूमिका हुनेमा सरोकारवालाको विश्वास निजी ऊर्जा विकासका लागि ऐन आवश्यक छ हामी साँच्चै दुःखमा छौं: इप्पान अध्यक्ष कार्की भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

राष्ट्रिय संयुक्त संघर्ष समितिद्वारा प्रदर्शन

७ जेष्ठ २०८१, सोमबार

काठमाडौं, ७ जेठ । राष्ट्रिय संयुक्त संघर्ष समितिले अनशनकारीका माग अनसनकारीको माग पूरा गर्न भन्दै कलंकी चोकमा सोमबार प्रदर्शन गरेको छ । बैशाख २४ गते देखी सुरु भएको सत्यग्रहले स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारा बनाई विभिन्न १८ बुँदे माग राखी अनशन सुरु गरेको थियो ।

सत्याग्रह सुरु गरेको आज १५ औ दिन बितिसक्दा पनि राज्यको निकायले सामान्य खोजी सम्म नगरेको हुदा जनदबाब तथा खबरदारी कार्यक्रम गर्नुपरेको गोविन्द बिष्टले बताए । सम्पुर्ण नागरिकको समस्या लाई समेटेर अनशन बसेका छौं । आज काम गरेर खान्छु भन्दा काम गरेर खान सक्ने अवस्था छैन । हामीले मन्त्री प्रधानमन्त्री हुन पाउ भनेर मागेका होइनौं हामीलाई स्वदेशमै काम गरेर खाने रोजगार मागेका हौं , पढ्नको लागी शिक्षा र बिरामी पर्दा स्वास्थ उपचार निशुल्क मागेका छौ । अन्याय परेका नागरिक लाई न्याय मागेका आएका हौं । हाम्रो मौलिकता हरायो , हाम्रो संस्कृति हरायो , हाम्रो पहिचान हरायो , सदीयौंदेखि मानी आएको हाम्रो सनातन धर्म संस्कृति कम्जोर भएको वक्ताहरुले बताए ।

अहिलेको अवस्था हेर्दा मेरो देश भनेर गर्व गर्ने ठाउ छैन , दुखैदुखको जिबन बाच्नु परेको बताएका छन । आमरण अनशनकारीको माग पुरा गर , स्वदेशमै काम गरेर खान दे ,सम्पुर्ण उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाच्न दे , युवा बेच्न बन्द गर ,महंगी र भ्रष्टाचारको अन्त्य गर , यातायात क्षेत्रमाथिको ज्यादती बन्द गर , बैंकिङ अत्याचार अन्त्य गर , वित्तीय पीडितलाई न्याय दे, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर , प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुख कायम गर ,जनता लाई धोका दिने गद्दारहरूलाई दण्डित गर , देशलाई आर्थिक सङ्कटबाट बाट मुक्त गर जस्ता नाराबाजी गरेका थिए। विभिन्न माग राखी हाल सामूहिक सत्याग्रहमा बसेका चन्द्रबहादुर थापा , बिन्दु थापा केसी , द्रोण सुवेदी , सुवास श्रेष्ठ , हिमलाल पौडेल , इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोख्रेल , शेरबहादुर साउद र पार्वती पुलामी सत्याग्रहमा रहेका छन् ।

खबरदारी र्यालिमा विभिन्न पाटी , संघसंस्थाहरु तथा आम सर्वसाधारण नागरिक सहभागि भएको बिष्टले जानकारी दिए ।

सत्याग्रहका मागहरू: १ : स्वदेशमै रोजगारीको ग्यारेन्टी हुनुपर्ने , बढ्दो महंगी नियन्त्रण हुनुपर्ने , विगतमा बन्द गरिएको सम्पूर्ण उद्योग तथा कलकारखानाहरू अविलम्ब संचालन गर्नुका साथै प्राथमिकताको आधारमा सबै स्थानीय तहमा नयाँ उद्योग , रोजगार एवं सीपमूलक कृषि उद्यमहरू अविलम्ब स्थापना गर्नुपर्ने ।

२ : राज्यले तोकेको मापदण्ड भित्र रहेर नेपाली नागरिकले नेपाल भित्र गरेको कुनै पनि क्षेत्रको लगानीलाई राष्ट्रिय पुँजीको रूपमा घोषणा गरि तिनको रक्षा प्रवर्द्धन र विकासका लागी राज्यको तर्फबाट आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने

३ : बैङ्किङ कर्जा ब्याजदर अधिकतम ७ प्रतिशत हुनुपर्ने, वित्तीय संस्था तथा सार्वजनिक खरिद मार्फत कालोसूची वा लिलामीमा गएकालाई तत्कालै बन्द गरी न्यूनतम २ वर्षको अवधि थप गर्नुपर्ने । व्यवसाय संचालनको लागि पुरानै धितोमा ३० प्रतिशत सम्म पुनकर्जाको व्यवस्था गर्नुपर्ने । योजना सम्पन्न भएका निर्माण व्यवसायीलाई अविलम्ब भुक्तानी गर्नुपर्ने ।

४ : नेपालका हिन्दु , बौद्ध , किरात , प्रकृतिपूजक तथा सनातन संस्कृति , सभ्यताहरूको संरक्षण गरि विश्वव्यापी सांस्कृतिक पहिचानका लागी सनातन धार्मिक राष्ट्र नेपाल घोषणा गर्नुपर्ने ।

५ : यातायात क्षेत्रमा लगानी कर्ताको संरक्षण तथा पूर्ण बिमाको व्यवस्था हुनुपर्ने, ट्राफिक ज्यादती बन्द गर्नुपर्ने , रातो प्लेटले यात्रु बोक्न बन्द गर्नुपर्ने । सवारीको २० बर्षे अवधि र लाइसेन्सको ६० बर्ष उमेर हदबन्दी तथा उपत्यकामा पिकआवर प्रणाली खारेज गर्नुपर्ने र ट्रक पार्क , ट्रान्सपोर्ट नगरी तथा ट्याक्सी स्टैण्डको व्यवस्था गर्नुपर्ने । यातायात महासंघ/संघहरूको प्रतिनिधित्व हुने गरि अधिकार सम्पन्न यातायात विकास प्राधिकरण गठन गर्नुपर्ने

६ : एम्बुलेन्स, तीर्थयात्री, पर्यटकीय सवारी, दिल्ली काठमाडौँ बससेवाबाहेक सबै प्रकारका भारतीय मालवाहक सवारी पूर्णरूपमा बन्द हुनुपर्ने , पानी ट्याङ्कर तथा व्यवसायीहरु लाई उचित विकल्पको व्यवस्था गर्नुपर्ने ।

७ : लघुवित्त, ग्रामीण बैंक तथा सहकारीको निम्नवर्ग तथा समस्या ग्रस्त नागरिकले तिर्नुपर्ने बाँकी रहेको सावाँ -ब्याज असुलीको लागी कम्तीमा २ बर्ष तिर्ने समय दिइनुपर्ने ।

८ : मिटर ब्याजीलाई कानुन अनुसारको व्याज दिलाई बाँकी रकम साँवाबाट घटाई कानुन अनुसार ठगी मुद्दा लगाउनुपर्ने साथै चेक बाउन्सका मुद्दालाई देवानी कानुन अन्तर्गत राख्नपर्ने ।

९ : डरलाग्दो युवा प्रतिभा विदेश पलायन रोक्नका लागि स्वदेशमै प्रविधिक र व्यवहारिक शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने । नेपाललाई उच्च शिक्षाको हब बनाउन राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गरि आवश्यक कानुनी पहल गर्नुपर्ने ।

१० : सरकारले कृषिजन्य उपज खरिद सुनिश्चित गर्नुपर्ने, मल , बिउ , किटनाशक औषधि , तालिम , सिँचाइ तथा सहुलियतपूर्ण कृषि ऋणकाे व्यवस्था गर्नुपर्ने ।

११ : समस्याग्रस्त सहकारी तथा वित्तीय संस्था पीडित निक्षेपकर्ताहरुको बचत फिर्ता गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने तथा सहकारी समस्या समाधान गर्न कर्जा असुली न्यायधीकरण , कर्जा संरक्षण कोष र सहुलियतपूर्ण बैंकिङ कर्जाको व्यवस्था गर्नुपर्ने ।

१२ : संविधानमा उल्लेख गरिए अनुरूप शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिने व्यवस्था गर्नुपर्ने । इतिहास , संस्कृति जोगाउने नैतिक शिक्षा , प्राविधिक ज्ञानमा आधारित सीपमूलक शिक्षामा जोडदिने र संस्थागत विद्यालयमा पढाइने पाठ्यक्रम लागु गरी स्नातकोत्तर गर्ने ।

१३ : होटल , पर्यटन , ट्रेकिङ र र्‍याफि्टङ व्यवसायलाई उद्योगमा परिणत गरि , अवैधानिक कर खारेज गर्नुका साथै नेपाल लाई शान्तिपूर्ण पर्यटकीय राष्ट्र घोषणा गरि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रचार प्रसार विकास र प्रवर्द्धन गर्नुपर्ने ।

१४ : वर्तमान प्रादेशिक संरचनालाई पुनर्विचार गरि स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने ।

१५ : भ्रष्टाचारी , कमिसनखोर , सबैखाले तस्करीहरू तथा राष्ट्रघातिहरूको पहिचान गरि श्रम दण्डसहितको जेल सजायको व्यवस्था र भ्रष्टाचारीको सम्पत्ति छानबिन गरि श्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने ।

१६ : उर्जाजन्य , खानीजन्य ,वनजन्य, नदिजन्य जस्ता स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई सहजरूपमा तत्काल नवीकरण गरि राष्ट्रिय महत्त्व प्रदान गर्दै उत्पादित सामाग्रीहरुको बजारीकरण र निर्यातको लागी आवश्यक व्यवस्था गर्नुपर्ने । ग्यास व्यवसायीका उचित मागहरू राज्यले सम्बोधन गर्नुपर्ने ।

१७ : स्वबासी धनीपुर्जाको व्यवस्था , जातीय तथा महिलामाथि हुने विभेदको अन्त्य , श्रमजीवी , भुमिहिन तथा गरिब निमुखाहरूको समस्या समाधान , खेल खेलाडीको उचित सम्मान गरि समता मूलक समाजको निर्माण , महंगी, भ्रष्टाचार , कालोबजारीको तत्काल नियन्त्रण गरि सुशासनको प्रत्याभूति गराउनुपर्ने ।

१८ : राजनीतिक , आर्थिक , सांस्कृतिक समस्याको निकास स्थायी सरकार भएकोले संविधान संशोधन गरि प्रत्यक्ष कार्यकारी प्रमुखको प्रणाली लागु गर्नुपर्छ ।