© २०२३
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री प्रचण्ड संसदबाट विश्वासको मत पाउनेमा ढुक्क छन् । उनको पक्षमा बहुमत देखिन्छ ।
सरकारका सहभागी दलहरुको सांसद सदस्यले मात्र मत दिएमा पनि प्रचण्डलाई विश्वासको मत प्राप्त हुने देखिन्छ । बहुमतका लागि आवश्यक १३८ मतमा प्रचण्डको पक्षमा बहुमत पुग्ने अवस्था छ ।
सरकारमा रहेका दलमध्ये नेकपा एमालेको ७७, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २१, नेकपा एसको १०, अशोक राई नेतृत्वको जसपाको ७ गरी १४७ मत छ । प्रचण्डलाई स्वतन्त्र सांसद अमरेश सिंह र आम जनता पार्टीका प्रभु शाहले पनि मत दिएमा १४९ पुग्छ ।
विपक्षमा रहेका काँग्रेको ८८, राप्रपाको १४, जसपा नेपालको ५, नेमकिपा र राष्ट्रिय जनमोर्चाको ११ मत छ ।
नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टीको ६ सांसद संख्या छ । यी दुवै दलले मत दिने कि नदिने टुंगो छैन ।
सरकार बाहिर रहेका सबै दलले मत नदिने र जसपा नेपालका अलावा नेकपा एसले पनि मत नदिने हो भने चाहिं प्रचण्ड विश्वासको मत लिन असफल हुनसक्छन् । त्यस्तो खेल भइहाल्ने देखिदैन ।
जसपा नेपालका ७ सांसदको विषयले भने भविष्यमा प्रचण्डलाई असजिलो पार्न सक्छ । ८ जेठपछि भने उनलाई ठूलै चुनौती आउन सक्छ ।