© २०२३
काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यावधि चुनाव चाहेको देखिन्छ । उनले त्यही अनुसार रणनीतिक तरिकाले काम गरिरहेका छन् ।
ओलीले पार्टीका प्रभावशाली नेता कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् । उनले कुनैपनि बेला चुनाव हुनसक्ने भन्दै तयार रहन निर्देशन दिएका हुन् ।
विश्वस्त स्रोतका अनुसार ओलीले मिसन ८४ भन्दै त्यस अघि नै चुनाव हुनसक्ने संकेत समेत गरेका छन् । उनले पार्टीका जिम्मेवारी पाएका निकायका नेता कार्यकर्तालाई चुनावी तयारीमा रहिरहन भनेका हुन् ।
ओली मध्यावधि चुनाव चाहन्छन् । उनको त्यस अनुसारको तयारी समेत छ ।
विगतमा प्रधानमन्त्री हुँदा ओलीले दुई पटक मध्यावधि चुनावमा जाने निर्णय लिएका थिए । तर, अदालतको आदेशले निर्णय असंवैधानिक ठहरियो ।
मध्यावधि चुनाव भएमा एमालेले अहिलेभन्दा बढी स्थानमा चुनाव जित्ने बुझाई ओलीको छ । त्यसैले पनि उनी मध्यावधिमा देशलाई लाने खेलमा सक्रिय भएका छन् ।