© २०२३
काठमाडौं, ३ जेठ । यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच सम्बन्ध प्रगाढ छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेको बचाऊमा सबैभन्दा मरिमेटेर लागेका छन् ओली । उनले संसदीय छानविन समिति गठन गर्न काँग्रेसको मागको पनि विरोध गर्दै आएका छन् ।
ओली काँग्रेसप्रति आक्रामक बन्दै गएका छन् । सहकारी ठगी प्रकरणमा रविलाई जोगाउनु सत्ताको अंकगणितको जोडघटाउ मात्र कारण होइन । यसलाई ओलीले प्रतिष्ठाको विषय बनाएका छन् ।
अर्को महत्वपूर्ण पाटो भनेको सहकारीमा सबैभन्दा ठूलो प्रभाव एमाले कार्यकर्ताको छ । ठगीमा पनि उनीहरु बढी मुछिएका छन् । त्यसैले यो प्रकरणलाई सामसुम पार्न खोजिरहेका छन् ओली ।