© २०२३
एजेन्सी, ३ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा पुगेका छन् । पाचौं पटक राष्ट्रपति निर्वाचित भएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो । यसबाट पनि उनले चीनसँग विशेष सम्बन्ध रहेको सन्देश दिएका छन् ।
बिहिबार नै चिनियाँ राष्ट्रपति सी विनफिङसँग पुटिनको भेटवार्ता भएको छ । चीनको ग्रेट हलको पिपल्स ब्युल्डिङको तियानमेन स्क्वायरमा दुई नेताले लामो समय हात मिलाएका थिए ।
युक्रेनमाथि रुसी हमलामा चीन तटस्थ देखिएको छ । चीनले भित्री रुपमा रुसलाई समर्थन गर्दै आएको छ ।- Photo Source: RT