© २०२३
काठमाडौं, २ जेठ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दियो नेकपा एसले । नेकपा एमालेबाट फुटेर बनेको एसले मत दिनुलाई अर्थपूर्ण मानिएको छ ।
कार्कीले विश्वासको मत पाएपछि मात्र सुदूरपश्चिम प्रदेशमा दीर्घबहादुर सोडारीलाई मत दिन तयार भयो नेकपा एमाले । बिहिबार विश्वासको मत लिने तय भएकोमा सोडारीले मत पाउने बुझिएको छ ।
कुनैबेला एउटै पार्टी रहेको एमाले र एस विभाजित भएपछि पहिलोपटक एउटै गठबन्धनमा छन् । तर, उनीहरुबीच एक अर्कालाई अप्ठ्यारो पार्ने योजना बनाइरहन्छन् ।
एसलाई गठबन्धनमा ल्याउन प्रचण्डले निकै कसरत गरेका थिए । केपी शर्मा ओलीले समेत माधवकुमार नेपाललाई निवासमै गएर फकाएका थिए । तर, माधव नेपाल उपयुक्त समयको पर्खाइमा छन् ।
सरकार ढाल्ने प्रयास नचलेको होइन । तर, जसपा नेपाल फुटेपछि धक्का लाग्यो । तर, प्रयास अझै चलिरहेको छ ।