© २०२३
काठमाडौं, १ जेठ । प्रधानसेनापति प्रभुराम शर्माको देशको सुरक्षामा विभिन्न तवरले भएको खतराबारे बोलेका छन् । मंगलबार सेनापति शर्माले देशमा रोहिंग्या शरणार्थीको खतराबारे बोले । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले म्यान्मारको आन्तरिक द्वन्द्वका कारण रोहिंग्या शरणार्थी नेपाल आएर बसेका कारण समस्याहरु निम्तन सक्न्े औल्याए । उनले भने, ‘म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिंग्या शरणार्थी आएर बसेका कारण तिलने सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्छन् ।’
उनले नेपालमा भारत, चीन, अमेरिका र यूरोपेली युनीयनको बढी स्वार्थ देखिएको समेत बताए । तर, छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै चिढ्याउन नहुने बताए । सेनापति शर्माले भने, चीन, भारत, युरोपेली युनियन र अमेरिका जेल भन्यो त्यही गर्ने होइन कि हामीले छिमेकीलाई चिढ्याउन हुँदैन ।
नेपालको संवेदनशील भूराजनीतिक अवस्थाबारे विश्लेषण समेत गर्दै खुला सीमाना जलवायु परिवर्तन, श्रम आप्रवासन, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरे पनि समाधान गर्न नसक्ने प्रकारको नरहेको स्पष्ट पारे ।
देशमा बेला बेलामा धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ती समस्यालाई स्थानीयस्तरमै मिलाउने गरिएको बताए । यसकै आधारमा राष्ट्रिय एकतामा कुनै असर नपुगेको दाबी गरे ।