© २०२३
काठमाडौं, ३१ वैशाख । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाउने समूहलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाएका छन् । स्वास्थ्यमन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले सपथ लिएका छन् ।
प्रदीप यादवले जसपा नेपाल फुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
पार्टी फुटाएको भन्दै उपेन्द्र यादवले सोमबार नै राजीनामा बुझाए । लगत्तै प्रधानमन्त्री प्रचण्डले प्रदीप यादवलाई मन्त्री र हसिनालाई राज्यमन्त्री बनाएका हुन् ।